राजस्व छलीमा अख्तियारकाे अाँखा

काठमाडौं, ६ बैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिदमा भएको सवा ६१ करोड रुपैयाँ राजस्व छलीको विषयमा पनि अनुसन्धान थालेको छ ।

जग्गा खरिद अनियमिततामा छानबिन गरिरहेको अख्तियारले अनुसन्धानको दायरा फराकिलो पार्दै आयकर छलीको विषयमा थप अनुसन्धान सुरु गरेको हो ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गेको प्रतिवेदनमा जग्गा खरिद गर्दा ठेक्का प्राप्त गरेर जग्गा उपलब्ध गराउने व्यवसायीले ६१ करोड ३४ लाख आयकर छली गरेको तथ्य सार्वजनिक भएपछि अख्तियारले छानबिनको दायरा बढाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *