बैंकबाट पैसा झिक्दै यातायात समिति

काठमाडौं, ६ बैशाख – सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरुले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन् ।

समितिहरुले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेको छ । बुधबारसम्म कास्कीबाट मात्र यातायात व्यवसायीहरुले तीनवटा बैंक प्रयोग गरी करिब ३ करोड निकालिसकेका छन् ।

सरकारी कार्यालयमा दर्ता भएका कुनै पनि संस्था समितिले विनाकारण एकैपटक त्यति ठूलो परिमाणमा पैसा निकाल्न पाउँदैनन् । तर, यातायात व्यसायी समितिले मुद्दती खाताबाट करोडौँ पैसा निकाल्न थालेका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सिडिओले नै यातायात व्यवसायी समितिलाई नियमन गर्ने व्यवस्था भएकाले उनीहरुको खाता रोक्का गर्न मन्त्रालयबाट कुनै निर्णय गर्नुपर्ने स्थिति नरहेको बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *