यातायात व्यवसायीका सबै समिति भंग, अब कम्पनीका रूपमा दर्ता हुने

काठमाडौं,५ बैशाख– सरकारले यातायात व्यवसायीका सबै समिति भंग गर्दै अब कम्पनीका रूपमा दर्ता गरेर मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

समितिको नाममा वर्षौंदेखि हुँदै आएको सिन्डिकेट तोड्न मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि पटक–पटक समिति भंग गर्ने प्रयास भए पनि व्यवसायीकै दबाबमा सरकारले निर्णय गर्न सकेको थिएन ।

यातायात व्यवसायी समिति जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्थाको हैसियतमा दर्ता हुँदै आएका थिए । अब जिल्ला प्रशासन कार्यालयमा यस्ता समिति दर्ता हुने छैनन् । आजको कान्तिपुरमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *