रक्सौल-अमलेखगंज पाइपलाईन: १५ महिनामा पाइपबाट तेल

काठमाडौं,५ बैशाख– बहुप्रतिक्षित मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईपलाईन निर्माण आयोजनामा पाईप गाड्ने कार्य सुरु भएको छ । मंगलबार सिमरामा बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पाईप गाड्ने कार्यको शिलन्यास गरे ।

गत फागुन २३ देखि आयोजनाले पाईपको वेल्डिङ कार्य सुरु गरेको थियो । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमवार खाडल खन्ने कार्य सुरु गरिएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *