५६ बर्षपछि लागू भयो भिक्षा निषेध कानून

काठमाडौं, ५ वैशाख – नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ । विसं २०१८ चैत २९ गते राजा महेन्द्रबाट लालमोहर लागेको भिक्षा माग्ने ९निषेध० ऐन पशुपतिनाथ मन्दिर परिसरबाट लागू भएको हो ।

भिक्षा माग्ने प्रथालाई निषेध गर्न बनेको ऐन २०१९ साल भदौ ११ गते नेपाल राजपत्रमा प्रकाशन भएको थियो । त्यसै वर्ष असोज १ गतेदेखि नेपालभर ऐन लागू गरिए पनि कार्यान्वयन हुन सकेको थिएन । पशुपति क्षेत्र विकास कोषले गत चैत २० गतेदेखि पशुपति क्षेत्र परिसरलाई मगन्तेरहित क्षेत्र घोषणा गरेपछि यो ऐन कार्यान्वयन शुरु भएको हो ।

पशुपति क्षेत्रमा मागेर बस्ने सहयोगापेक्षीलाई मानव सेवा आश्रमले आश्रय दिएको छ । कोषका सदस्य सचिव डा प्रदीप ढकाल देशभरका देवस्थलबाट मगन्तेलाई हटाउने अभियान शुरु गरिनुपर्ने बताए । आजको हिमालय टाइम्समा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *