एमाले-माओवादी एकता: मुद्दा फेरि संयोजन समितिमा

काठमाडौं, ४ वैशाख – वैशाख ९ का लागि तय गरिएको एमाले-माओवादी केन्द्रबीचको एकता औपचारिक रूपमा घोषणा हुने-नहुने मंगलबार बस्ने एकता संयोजन समितिको बैठकपछि टुंगो लाग्ने भएको छ ।

पार्टी एकतालगायत विषयमा छलफल गर्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भएको ‘वन टु वन’ वार्ताले मंगलबार बिहानका लागि एकता संयोजन समितिको बैठक तय गरेको छ। मंगलबारको वार्तापछि दुई शीर्ष नेता पूर्वनिर्धारित सयम वैशाख ९ मै दुई पार्टी एक गर्नेमा प्रतिबद्ध देखिएका छन् ।

यसअघि तय भएका एकता संयोजन समितिका बैठक एमाले-माओवादी शीर्ष नेताको व्यस्तताले प्रभावित हुँदै आएका थिए । प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकता गर्ने भन्दै गृहकार्य अघि बढाए पनि संगठन संरचना, चुनाव चिह्न र निर्देशक सिद्धान्तका विषयमा सहमति भएको छैन । आजको अन्नपूर्णमा खबर छ ।

сайт немецкого визового центра в москве

Leave a Reply

Your email address will not be published. Required fields are marked *