फोरमबाट कांग्रेसमा आएका असन्तुष्ट

काठमाडौं, ४ वैशाख – लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् । केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन् ।

कतिपय स्थानीय नेता अन्य दलमा प्रवेशसमेत गर्न थालेका छन् । दुई पार्टी एकीकरण हुँदा उपस्थितिका आधारमा केन्द्रदेखि तल्लो तहसम्म नेता–कार्यकर्तालाई निर्वाचनलगत्तै उपयुक्त स्थान दिने सहमति भएको थियो । ३० असोजमा पार्टी एकीकरण घोषणासभामा जारी विज्ञप्तिमै यो कुरा स्पष्ट पारिएको थियो ।

तर, निर्वाचन सकिएको लामो समयसम्म पनि समायोजनको प्रक्रिया सुरु नभएपछि फोरमका नेता–कार्यकर्ता आक्रोसित भएको तत्कालीन लोकतान्त्रिक फोरमका महामन्त्री योगेन्द्र चौधरीले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

продвижение сайта

Leave a Reply

Your email address will not be published. Required fields are marked *