साल्ट ट्रेडिङमा डेढ अर्बको सेयर घोटाला

काठमाडौं, ४ वैशाख – साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेडमा करिब डेढ अर्बको सेयर घोटाला भएको खुलासा भएको छ । जापान र भारत सरकारबाट अनुदान प्राप्त १ अर्ब ४० करोड रुपैयाँ सेयरमार्फत घोटाला भएको हो । वैदेशिक सहायता रकमलाई सेयरमा परिणत गर्न निर्देशन दिँदादिँदै कर्पोरेसन्सले सेयर संरचना नै बिगारेर घोटाला गरेको हो ।

‘जापानले ९० करोड र भारतले ५० करोड रुपैयाँ नगद अनुदान दिएको थियो,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘उक्त रकमलाई २०६६/६७ मा सेयरमा परिणत गर्ने निर्देशन दिए पनि स्वामित्व संरचना नै बिगारेर घोटाला भएको देखिन्छ ।’ कर्पोरेसन्समा हाल सरकारको २१.२८ प्रतिशत र अन्यको ७८.७२ प्रतिशत सेयर छ । आजको कान्तिपुरमा खबर छ ।

продвижение сайта

Leave a Reply

Your email address will not be published. Required fields are marked *