काठमाडौं  बैशाख ३, २०७५  -लक्ष्मी बैंकले आफ्नो भिजा कार्ड प्रयोगकर्ताका लागि क्यास क्याक अफर ल्याएको छ ।
नयाँ वर्ष २०७५ को शुभ अवसरमा ल्याएको यो अफर अन्तर्गत लक्ष्मी बैंकबाट भिजा कार्ड लिएका सबै ग्राहकहरुले नेपाल तथा भारतमा कार्ड मार्फत अनलाइन/पीओएसबाट जुनसुकै किसिमको खरिदमा दस प्रतिशत वा १००० रुपैयाँसम्म रकम पुनः फिर्ता हुने क्यास क्याकको व्यवस्था गरिएको  छ ।
यो व्यवस्था आजदेखि कम्तिमा ३ पटकसम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्नेछन् ।
यसका साथै बैकले यस अवधिभर खोलिने नयाँ खाताहरुमा इबैंकिङ प्याकेज अन्तर्गत एक हजार रुपैयाँसम्मको बैकिङ्ग सेवाहरु जस्तैः भिजा डेबिट कार्ड, मोबाइल मनि र इन्टरनेट बैकिङ्ग सेवा निःशुल्क उपलब्ध गराएको छ ।
उक्त सुबिधाले ग्राहकलाई सहुलियत दिनुका साथै नगद रहित डिजिटल पेमेन्टलाई समेत प्रवर्धन गर्नेछ भन्नेमा बैकले विश्वास लिएको छ ।

utm метки метрика