काठमाडौं , १० पौष
कालीकोटको गोलीकाण्डबारे अध्ययन गर्न बनेको छानवीन समितिले आजदेखि काम थालेको छ । घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डाक्टर मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समितिले आजबाट घटनास्थल मान्ममा पुगेर काम थालेको हो । समितिले राजनैतिक दल, स्थानीय , आन्दोलनरत पक्ष, नागरिक समाज, बुद्धिजिवी र पिडितपक्षसंग छलफल गरेको छ ।

छलफलमा राजनैतिक दलका नेता , स्थानीय र पिडितपक्षले प्रहरीको गोली प्रहारबाट मृत्यु भएका विवेव ऐडिलाई शहीद घोषणा गर्नुपर्ने, पिडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने , गोली प्रहार गर्ने प्रहरी जुम्लाका चेतन सुनारलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन् । उनीहरुले गोली चलाउनु पर्ने आबश्यकता नभएपनि प्रहरी प्रशासनले अनाबश्यक बल प्रयोग गरेको प्रतिक्रिया दिएका छन् । प्रहरीले टाउकोमा ताकेरै गोली प्रहार गरेको प्रत्यक्षदर्शीले रिपोर्ट छानवीन समितिलाई दिएका छन् । समितिले घटना के कसरी भएको भन्नेबारे विस्तृत अध्ययन प्रतिवेदन तयार गरि सरकारलाई बुझाउने भएको छ ।

यही पुस ७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरी विवेक ऐडिको मृत्यु भएपछि तनाव सुरु भएको थियो । पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले अस्ती साँझबाट कर्फ्यु लगाएको थियो । सरकारले गठन गरेको छानबीन समिति कालीकोट पुगेपछि आजबाट कर्फ्यु हटाईएको छ । कर्फ्यु हटाईएपछि त्यहाँको जनजीवन सामान्य बनेको छ ।старевший обновитьоптимизацияидасоздание сайта стоимостьчто такое копирайтинг рерайтинг seo копирайтингсоздание сайта в гугле бесплатно