एमालेसँग एकतामा तनाव भएपछि प्रचण्ड सुकुटेमा

काठमाडौं,३ बैशाख– नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते नै एकता हुन कठिन हुँदै गएको छ। जनयुद्धको सम्बोधन, चुनाव चिन्ह, एकीकृत कमिटीमा दुई पार्टीबाट रहने संख्याको अनुपातमा कुरा नमिलेपछि एकता अप्ठेरो मोडमा पुगेको हो।

एमाले पक्षका नेता पार्टीको जन्म दिन वैशाख ९ गते नै एमाले र माओवादी एकता घोषणा हुने कुरामा ढुक्क छन्। यद्यपी माओवादीका नेताहरु वैशाख ९ गते नै एकता हुन कठिन हुने धारणा राख्दै आएका छन्।

पार्टी एकीकरण प्रक्रिया संवादहीन रहकै अवस्थामा माओवादी अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ एकाएक सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। दाहाल राजनीतिक तनावबाट मुक्त हुन वा राजनीतिलाई निकास दिन अथवा विशेष गृहकार्यका लागि सुकुटे जाने गरेका छन्।

माओवादी नेता अग्निप्रसाद सापकोटाका साथ सुकुटे पुगेका दाहाल सोमबार प्रधानमन्त्री केपी ओलीसँग हुने द्विपक्षीय वार्ताको बारेमा गम्भीर गृहकार्य गर्न सुकुटे पुगेको स्रोतको दाबी छ। ‘पार्टी एकतालाई निष्कर्षमा पुर्याउन पनि गृहकार्य आवश्यक पर्ने भएकाले अध्यक्ष सुकुटे आउनु भएको हो’, स्रोतले भन्यो।

एमाले र माआोवादी नेता संलग्न संगठन सम्बन्धी कार्यदल र राजनीतिक प्रतिवेदन कार्यदलले वैशाख ९ गते कम्युनिस्ट पार्टीकै जन्म दिन पार्टी एकता गर्न सुझाव दिएको थियो। कार्यदलको सुझाव अनुसार शीर्ष नेताले पनि वैशाख ९ गते नै पार्टी एकता घोषणा गर्नेगरी तयारी अघि बढाउने निर्णय गरिसकेका छन्।  आजको अन्नपुर्णमा खबर छ ।

как сделать смс рассылку мтс

Leave a Reply

Your email address will not be published. Required fields are marked *