पार्टी एकताकाे लागि अाइतवार वैठक डाकिएकाे थियाे।गत वुधवार सन्चाे छैन भनेर पार्टी एकताकाे लागि डाकिएकाे वैठकमा नअाइ अचानक चितवन पुगेका माअाेावदी अध्यक्ष पुष्पकमल दाहालले अाइतवार पनि यसैगरि छले।यता एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी अाेली पार्टी एकताकाे लागि डाकिएकाे वैठकमा प्रचण्ड अाउछन भनेर कुरी बसे तर वुधवार जस्तै अाइतवार पनि हात लाग्याे शुन्य ! 

कारण हरु 

सन्चाे छैन भन्दै उनी चितवन मात्र पुगेका हाेइनन,अाेली संगै मेलम्ची जान्छु भनेर पनि  गएनन।यी सवै कुरा सुनिसके पछि अचानक मनमा प्रश्न उब्जन्छ कि अाखिर प्रचण्ड किन यसरी वैठक छल्दैछन ? के उनी पार्टी एकता चाहदैनन ? 

२ 

अाफना अध्यक्षलाइ भेटेर वाइसिएलले पचास प्रतिशतकाे हिस्सा विना पार्टी एकता नगर्नु भनेर उसले दवाव दियाे।अहिले सम्म माैन र शान्त बसेकाे वाइसियल अचानक जाग्याे र अाफनाे अध्यक्षलाइ दवाव दियाे।

अाम मानिसलाइ याे घटना भएपनि राजनीति वुझनेकाे लागि याे राजनीति नै हाे।अर्थात प्रचण्डकाे निर्देशनमा नै वाइसयलले दवाव दिएकाे हाे।यस्ताे किन त ? 

चुनाव अघि नै पार्टि एकता गर्ने उदघाेष गरेका वाम दलहरू अहिले पनि पार्टी एकता कहिले हुन्छ भन्ने ठाउमा पुगेका छैनन ।

पार्टी एकताकाे लागि जति जति ढिला हुदैछ-प्रचण्ड अाफनाे राजनीतिक भविष्यकाे लेखाजाेखा गरिरहेका छन।जब पार्टी एकता भएर प्रचण्ड नया पार्टीकाे केवल सहअध्यक्ष हुनेछन तब उनकाे के वाकी रहन्छ ? याे पनि मुल्यांकन गर्दैछन।अहिले अलग दल छ तैपनि सरकार सन्चालन अाेलीले एकलाैटी गरेका छन भने भाेलि एउटै पार्टि भएपछि प्रचण्डकाे हैसियत के हुन्छ ? 

कानुनी ब्यवस्था के पनि छ भने यसपटक दल विभाजनकाे लागि जटिलता छ।पहिलेकाे संविधानमा जस्ताे संसदीय दलमा मात्र ४०प्रतिशत संख्या पुगेर पार्टी विभाजन हुदैन ।यसकाे लागि अब दलमा पनि ४०प्रतिशत पुग्नुपर्छ।यदि पार्टी मिलेर पनि फुटन चाहयाे भने यसकाे लागि पार्टी दल दुवैतिर ४०प्रतिशत पुग्न कठिन छ।

प्रचण्ड यस कारण पनि पचास प्रतिशतकाे हिस्सा माग्दैछन।अझ राेचक कुरा के छ भने माअाेवादी भित्रका केही यस्ता नेता छन जाे पार्टी मिल्ने वित्तिकै प्रचण्डकाे साथ छाडेर अाेलीकाे पाेल्टामा जानेवाला छन।र,केही यस्ता पनि छन जाे प्रचण्डले पार्टी एकता नगरेपनि एमालेमा जान तयार भएर बसेका छन।

यसैले पार्टी भित्रका यी सवै खालका पात्रहरूलाइ हेरेर प्रचण्ड पार्टी एकता हुन्छ पनि भनिरहेका छन अनि एकता पनि गरिरहेका छैनन।

дубовий паркет ціна