अन्य मुलुकमा झै अष्ट्रेलियामा पनि गाँजा लागुपदार्थको रुपमा प्रतिबन्धित छ । तर, अहिले त्यहि गाँजाबाट अष्ट्रेलियाले क्यान्सरको उपचारका लागि औषधि निर्माण गर्ने तयारी अघि बढाएको छ ।

त्यसका लागि विभिन्न राज्यहरुमा १२ कृषकलाई कानुनी रुपमा गाँजाखेतीका अनुमति समेत सरकारले दिएको छ । गाँजाबाट क्यान्सर लगायतका रोगहरु उपचारका लागि प्रयोग गर्न पाउनुपर्ने माग पहिल्यै देखि हुादै आएको थियो ।

गाँजाखेती गर्ने कृषकहरुले भने कडा सुरक्षा लगायतका प्रविधि अपनाउनुपर्ने उलेख छ । यो खेती गर्ने कृषकहरुले फिंगरप्रिन्ट स्क्यानर, मोसन सेन्स, लेजर अलार्म लगायत सुरक्षाका प्रविधि अपनाउनु पर्नेछ । खेतीस्थलमा सुरक्षाकर्मी र उत्पादनस्थल गोप्य स्थानमा हुनुपर्ने प्रावधान राखिएको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।zap stun gun 950 000 voltкатушки салмо