विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले काभ्रेका एक काग्रेस नेताको  क्रसर उद्योगमा आगजनी गरेका छन् । स्थानिय नमोबुद्ध नगरपालिका वडा नं ६ स्थित ब्लु साइन स्टोन क्रसर उद्योगमा आगलागी गराइएको हो ।

श्रोतका अनुसार उक्त क्रसर  उद्योगका संचालक संग ठुलो रकम माग  गरेको  बुझियको छ।

आगलागीमा परी क्रसर उद्योग रहेको ४ वटा ट्रिपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । 

 

उता, प्रहरीका अनुसार वीपी राजमार्ग अन्तर्गत पर्ने चौकीडाँडा नजिकै ३ वटा प्रेसकुकर बम पनि फेला परेको छ । वम निष्कृय पार्नका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको बताइएको छ । वम राखेपछि वरपरका स्थानियहरु त्रसित भएका छन् ।

ботинки зима 2016russian new year table