आश्वासन होइन, सक्ने कुरा बोल्नुस्’

काठमाडौं, १ वैशाख – माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षका बेलामा भएको बाँदरमुढे घटनाका पीडितहरुले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई घटना पीडितका सम्बन्धमा गर्न सक्ने कुरामात्रै बोल्न अपील गरेका छन् ।

‘सक्ने कुरा छ भने बोल्नुस्, नभए हात झिक्नुस्, यो गर्छु र उसो गर्छु मात्रै नभन्नुस्’ घटनाका पीडित मैना लामिछानेले दाहाललाई भनिन् । दाहालले शुक्रबार माडीमा घटनाका पीडितहरुसँग बैठक र छलफल गरेका थिए । दाहालले पीडितलाई माडीमै भेटेको यो दोस्रो पटक हो ।

वि‍. सं. २०६२ सालको जेठ २३ मा माडीकै बाँदरमुढे खोलामा यात्रुबस माओवादीले थापेको विद्युतीय धरापमा पर्दा ३८ जनाको ज्यान गएको थियो । घटनामा ७२ जना घाइते भएका थिए । आजको कान्तिपुरमा खबर छ ।

туры выходного дня из запорожьяиндекс тиц

Leave a Reply

Your email address will not be published. Required fields are marked *