१० प्रतिशत विद्यार्थी बिचमै पढाई छाड्छन

काठमाडाै, १ वैशाख–  भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाई राख्न चुनौती रहेको जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाई चितवनले जनाएको छ । २०७४ को शैक्षिक सुचांकलाई हेर्दा कक्षा १ देखी ८ सम्ममा कक्षा छाड्ने दर १० प्रतिशत रहेको छ ।

पढाइ छाड्ने दर कम गर्नका लागि विद्यालय आउन नसकेका बालबालिकालाई विद्यालय ल्याउन र टिकाउन ‘घर–घरमा’ अभियान चलाईने भएको छ । जिल्लामा मुख्य गरी भौगोलिक र आर्थिक कारणले विद्यार्थी ड्रप आउट (पढाइ छाड्ने) दर १० प्रतिशत रहेको सम्बन्धित अधिकारीहरुले बताएका छन् ।

चितवनको विद्यार्थी भर्ना दर ९९.०९ प्रतिशत रहेको छ । खुद भर्ना दर राष्ट्रिय औषत दर भन्दा माथि छ । अझै पनि ५ देखी ९ वर्षसम्मका बालबालिका मध्ये ०.९१ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको एकाई प्रमुख मनोज गैरेले बताए । गैरेका अनुसार आधारभुत तहमा चितवनको खुद भर्ना दर ९३ प्रतिशत रहेको छ । अाजकाे नयाँ पत्रिकामा खवर छ ।

сайт реклама вкДвенадцать занимательных фактов о китайском языке. Часть 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *