१९२ शाखा कार्यालयहरु,१९६ एटीएम, ४ एक्स्टेन्सन काउन्टर, ४ शाखारहित बैंकिङ तथा सबैभन्दा धेरै सञ्जालमार्फत सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालले एक कार्यक्रमका बीच क्यालेन्डर सार्वजनिक गरे ।
क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष अग्रवालले सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनीहरु, नियमनकारी निकायहरु, कर्मचारी लगायतलाई शुभकामना दिए ।
कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष जगदीशप्रसाद अग्रवाल, अन्य सञ्चालकहरु, बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने लगायतका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

проверка уникальности текста seoкак сделать рекламу вконтакте