वाम एकता : वैशाख ९ मै घोषणा हुनेमा संशय

काठमाडौं,३० चैत– एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ । कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी भए पनि आन्तरिक तयारी सुस्त छ ।

पार्टी एकतासम्बन्धी विधान र राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले वैशाख ९ मा पार्टी एकता गर्न सुझाएको थियो । त्यही दिन घोषणा गर्ने गरी दुवै दलले आ–आफ्नो पार्टीमा आन्तरिक तयारी अघि बढाउने भनिएको थियो ।
तर, वाम एकता संयोजन समिति बैठकले एकताको औपचारिक मिति तय गर्दै दुई दलबीच विवादित विषय निरूपण नगर्दा दुवै दलमा संशय छाएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भारत भ्रमणमा जानुअघि गत २२ गते समितिको बैठक बसेको थियो । उक्त बैठकले भारत भ्रमणलगत्तै विवादित विषय टुंगो लगाउने समझदारी गरेको थियो । तर, प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि बैठक नै बस्न सकेको छैन ।
कहिले बैठक बस्ने भन्ने तय नभएको समितिका सदस्यसमेत रहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ‘एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउने भनिएको हो, नेताहरूको व्यस्तताका कारण बैठक बस्न सकेको छैन,’ उनले भने । आजको कान्तिपुरमा खबर छ ।

японский макияж поэтапнолобановский александр биография

Leave a Reply

Your email address will not be published. Required fields are marked *