अमेरिकाबाट १ खर्ब ५ अर्ब लगानी आउने

काठमाडौं, ३० चैत – एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब अमेरिकी डलर लगानी गरेर ६ सय मेगावाट विद्युत उत्पादन गर्ने प्रस्ताव गरेको छ, उनले भने, उनीहरुको लगानी प्रस्तावलाई सकारात्मक रुपमा लिँदै फास्ट ट्रयाकमार्फत लगानी स्वीकृत गर्ने प्रतिबद्धता हामीले जारी गरेका छौँ ।

अमेरिकास्थित नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीले स्काई पावर ग्लोबल लिमिटेडलाई नेपालमा लगानी ल्याउने विषयमा समन्वय र सहजीकरण गरेका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

насосные станции для водоснабжениялечение зубов стоимость

Leave a Reply

Your email address will not be published. Required fields are marked *