एजेन्सी । स्ट्राइकर क्रिष्ट्रियानो रोनाल्डोको निर्णायक गोलको मद्दतमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।प्रतियोगिता अन्तर्गत बुधबार राति घरेलु मैदानमा सम्पन्न खेलमा इटालियन क्लब युभेन्टससँग ३–१ ले पराजित भएपनि पहिलो लेगमा पाएको ३–० को सफलताले रियल अघिल्लो चरणमा प्रवेश गरेको हो । योसँगै रियलले खेल ४–३ ले आफ्नो पक्षमा पार्यो ।

युभेन्टसले ६० औं मिनेटभित्र ३ गोल गर्दै खेलमा खेलमा फर्किएको थियो। सो अग्रता कायम गरेको भए युभेन्टस अवे गोलका आधारमा सेमिफाइनलमा प्रवेश गर्ने थियो । तर अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फद गरेको गोलले रियलले अन्तिम चारमा स्थान बनायो ।

युभेन्टसका लागि खेलको दोस्रो र ३७ औं मिनेटमा मारीयो मान्जुकी र ६० औं मिनेटमा ब्लेइजी मातिउदीले गोल गरे । रियलका लागि दोस्रो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गरेका गरे । इन्जुरी समयको दोस्रो मिनेटमा युभेन्टसका गोलकिपर बुफोन रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो ।

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा सबैभन्द धेरै पुग्ने दोस्रो टोली भएको छ । अघिल्लो वर्ष यी दुई टोलीबीच फाइनलमा भेट भएको थियो । जसमा युभेन्टसलाई हराउदै रियलले उपाधि कब्जा गरेको थियो ।

योसँगै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सबै ४ टोलीको टुङ्गो लागेको छ । जसमा रियल मड्रिड, बार्यन म्युनिख, लिभरपुल र रोमा हुन्насос mce caccounting software for personal use