धनगढी चैत २९  गोल्डेन्सका भारतीय खेलाडी सन्नी पटेलले रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)मा कीर्तिमान राखेका छन्। सन्नीले डीपीएलको एउटै इनिङमा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान राखेका हुन्

सन्नी पटेलसन्नी पटेल डीपीएल अन्तर्गत जारी काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको खेलमा ६ विकेट लिदै सन्नी डीपीएलको एउटै इनिङमा सर्वाधिक विकेट लिने खेलाडी बनेको हुन्।

टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगर युनाइटेडको पारी ध्वस्त गर्न सन्नीले सुरुवातकै ६ विकेट लिएका हुन्।

पहिलो ओभरमा सन्नीले महेन्द्रनगरका कप्तान विनोद भण्डारी(०)लाई एलबिडब्लु आउट पारे। तेस्रो ओभरको पहिलो बलमा आसिफ सेखलाई र अन्तिम बलमा हरिशंकर साहलाई पुनः शुन्य रनमै आउट गर्दै तेस्रो विकेट लिए।

बाँकी तीन विकेट भने उनले पाचौं ओभरमा लिए। पाँचौ ओभरको तेस्रो बलमा पुनित विष्ट(७)लाई ललितनारायण राजबंशीको हातबाट क्याच गराएका सन्नीले पाँचौं बलमा रोहित पौडेल(०)लाई बोल्ड तथा अन्तिम बलमा भुवन कार्की(०)लाई सुबोध भाटीको हातबाट क्याच गराउँदै छैटौं विकेट लिए।

चार ओभर बलिङ गरेका सन्नीले १ ओभर मेडन लिदैं १० रनमात्रै खर्चेर ६ विकेट लिएका हुन्।

купить обувь сабо киевотели доминикана все включено