बिहान विमानस्थल, दिउँसो खेलमैदान

डोल्पा, २९ चैत –  डोल्पाको जुफाल विमानस्थललाई रंगशाला बनाइएको छ। पहिलो पटक रंगशालाका रूपमा विमानस्थलको धावनमार्ग प्रयोग गरिएको हो। जुफालमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि खेलमैदान नभएपछि धावनमार्गमा खेल खेलाइएको छ।

चैत २५ गतेदेखि ठूलीभेरी नगरपालिकाको आदर्श माध्यमिक विद्यालयमा प्रतियोगिता भइरहेको छ। जिल्ला खेलकुद विकास समिति र विद्यालयकोे अनुरोधमा धावनमार्गमा खेल खेलाउन दिइएको हो।

आयोजक विद्यालय आदर्श माविमा धावकलाई मैदान नपुगेपछि १ सय, २ सय र ४ सय मिटरका साथै रिले दौडका लागि धावनमार्ग प्रयोग गरिएको हो।

३ सय मिटर ८ सय मिटर र १ हजार ५ पाँच सय मिटरको दौड प्रतियोगिता भने विद्यालयकै खेलमैदानमा सञ्चालन गरिएको छ।आजको अन्नपूर्णमा खबर छ ।

дети танцуют танцытуфли весна 2017

Leave a Reply

Your email address will not be published. Required fields are marked *