शून्य चोरी शिकारको एक वर्ष पूरा

चितवन २८ चैत – चितवन राष्ट्रिय निकुञ्जले शून्य चोरी शिकारको एक वर्ष पूरा गरेको छ । गत वर्षको चैत २५ गते राति निकुञ्जको बेलहट्टा हरियाली सामुदायिक वन क्षेत्रको ध्रुवघाट नजिक एउटा भाले गैंडालाई तस्करले मारेका थिए ।

शून्य चोरी शिकारको तेस्रो वर्ष पूरा गर्न २६ दिन बाँकी छँदा गैंडा मारिएपछि गत वर्षको वैशाख २० गते शून्य चोरी शिकारको तेस्रो वर्ष मनाउने कार्यक्रम असफल भएको थियो । त्यसअघि २०७१ सालको वैशाख ९ गते निकुञ्जमा एउटा गैंडा मारिएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार तस्कर सक्रिय हुनसक्ने भन्दै रातदिन गस्ती गरिएको छ । सबैको साथ र सहयोगले शून्य चोरी शिकार वर्ष मनाउन सफल भएको भन्दै उहाँले यद्यपि यो समय तस्करका लागि अनुकूल हुनसक्ने भन्दै गस्ती बढाइएको बताए । आजको हिमायल टाइम्समा खबर छ ।

внж израильфрилансер копирайтер

Leave a Reply

Your email address will not be published. Required fields are marked *