प्रदेश ४ : मुख्यमन्त्रीकाे तलव ६१ हजार, मन्त्रीकाे कति ?

पोखरा, २७ चैत- प्रदेश ४ मा सोमबार बसेको संसद बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरुले पाउने पारिश्रमिक र अन्य सुविधाहरु पारित गरेको छ । बैठकले प्रदेश ४ को प्रदेश सभा९पहिलो संशोधन० नियमावली २०७४ पनि पारित गरेको छ ।

यसअघि मुख्यमन्त्री र मन्त्रीहरुले पाउने पारिश्रमिक र अन्य सुविधाहरुका सम्वन्धमा बनेको विधेयक २ चैतमा बसेको मन्त्रीपरिषद वैठकले पारित गरी ५ चैतमा संसद सचिवालयमा दर्ता गरेको थियो ।

१२ चैतमा बसेको संसद बैठकमा टेवल भएको विधेयक १३ चैतमा बसेको संसद बैठकले सैद्धान्तिक सहमति कायम गरी केही संशोधन आवश्यक भए पनि त्यसको लागि सांसदहरुलाई ७२ घण्टाको समय दिइएको थियो ।विधेयकमा कुनै संशोधन नपरेपछि १६ गतेको संसद बैठकले विधायन समितिमा पठाएको थियो ।

२३ गतेको बैठकमा विधायन समितिले विधेयकको केही शब्द संशोधन गरी प्रतिवेदन बुझाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।मुख्यमन्त्री मासिक तलव ६० हजार ९ सय ७०, आवासको व्यवस्था, गाडीका र गाडीका लागि मासिक २ सय ५० लिटर तेल, त्रैमासिक रुपमा १० लिटर मोविल, सञ्चार मासिक ५ हजार, अतिथि सत्कारमा मासिक ४० हजार, पानी र वत्तिको पैसा विलअनुसार ।

मन्त्रीः मासिक ५२ हजार तलव, आवासको व्यवस्था गर्ने यदि निजी घरमा कोही बसे मर्मतका लागि एकमुष्ठ १ लाख ५० हजार र फनिचरका लागि १ लाख दिने, गाडी र गाडीका लागि मासिक १ सय ५० लिटर तेल, त्रैमासिक रुपमा ५ लिटर मोबिल, सञ्चार मासिक २ हजार, अतिथि सत्कार मासिक १५ हजार, पानी र वत्तीको पैसा विल अनुसार ।

राज्य र साहायक मन्त्रीःस् राज्यमन्त्रीले ४९ हजार र साहायकले ४७ हजार मासिक तलव पाउने छन् भने अन्य सेवा सुविधा बराबर पाउने छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

учеба за границей бишкеклещ в октябре

Leave a Reply

Your email address will not be published. Required fields are marked *