१० पुस– वाम गठबन्धन बनाएर चुनावी मौदानमा होमिएका एमाले–माओवादी यतिबेला पार्टी एकताको तयारीमा छन् । जनताले गठबन्धनलाई सम्मनजनक बहुमतका साथ विजय गराएपछि त्यसलाई ‘क्याच’ गर्न पनि पार्टी एकता आवश्यक छ । एकताको विषयमा दुवै पार्टीका शीर्ष नेताबीच कुनै विवाद छैन । आफ्नो ‘पोजिसन’ गुम्ने डरले दोस्रो तहका नेताहरु एकताको विपक्षमा छन् । तर, उनीहरुलाई मिलाएर लान सकिने भएकाले कसरी भन्नेमा गृहकार्य समेत सुरु भएको छ ।

यसकारण एकताको विरोध
पार्टी एकतालाई लिएर एमाले–माओवादी दुवैमा केही असन्तुष्टी रहे तापनि माओवादीका केही नेता भने खुलेरै त्यसको विरोधमा लागेका छन् । विरोध मात्र होइन उनीहरु एकता पक्रियामा सहभागी नहुने लगभग निश्चित भइसकेको छ । एमाले कम्युनिष्ठ नभएकाले उसँग एकता गरेर कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्न नहुने भन्दै केही नेताहरु नियमितजसो बैठकमा व्यस्त छन् । उनीहरु कुनै पनि हालतमा एमालेसँग पार्टी एकता हुन नदिने र भइहाले पनि एक समूहलाई फटाएर राख्ने तयारीमा छन् ।

माओवादी नेता एवं प्रदेश नम्बर एकका ईन्चार्ज मातृका यादव, पोलिब्यूरो सदस्य एवं सांस्कुतिक विभाग प्रमुख विश्वभक्त दुलाल (आहुती), पोलिटब्यूरो सदस्य बलराम तिमिल्सिना, युवा नेता जागृत रायमाझी लगायतका पार्टी एकता गर्न नहुे पक्षमा खुलेरै लागेका छन् । उनीहरु दिनःजसो असन्तुष्ट पक्षलाई भेटेर पार्टी एकताबाट माओवादीको अस्तित्व मेटिने हुँदा विपक्षमा आफूहरुलाई साथ दिनसमेत आग्रह गरिरहेका छन् ।

आहुति दुई पार्टीबीचको एकतालाई अप्राकृतिक मान्छन् । कुनै विचारबिमर्श र लामो बहसबिना हुने पार्टी एकताले माओवादीको अस्तित्व संकटमा पर्ने उनको बुझाई छ । एकताको विपक्षमा रहेका धेरै नेता एमालेसँगको एकता नभएर माओवादीको एमाले प्रवेश रहेको आरोपसमेत लगाउन पछि परेका छैनन् ।

एमाले माक्र्सवादका आधारभूत सिद्धान्तको उल्लंघन गर्ने हुँदा आफूहरु एमालेसँग एकता गर्न नहुने पक्षमा रहेको एक नेताले काठमाण्डु टुडेलाई बताए । उनले भने, ‘यो न एकताको सही समय हो, न माक्र्सवाद सिद्धान्तको पालना । त्यसैले हामी एकताको विपक्षमा छौँ, हामी सच्चा कम्युनिष्ट भएकाले आत्मसमर्पण गरेर लुसुक्क एमाले छिदैनौँ ।’

छुट्टै पार्टीको तयारी
एमाले–माओवादी एकतापछि माओवादी केन्द्रलाई नै अघि बढाउने या छुट्टै पार्टी निर्माण गर्ने भन्ने विषयमा असन्तुष्ट पक्षबीच छलफल चलिरहको छ । स्रोतका अनुसार माओवादीमै बस्दा धेरैको ‘सेन्टिमेन्ट क्याच’ गर्न सकिने एक पक्षको सुझाव छ भने अर्को पक्ष एकता भएर अस्तित्व नै मेटिएको पार्टीभन्दा नयाँ ढंगले अघि बढ्नुपर्ने धारणा राख्छ । विकल्पका रुपमा पार्टीको नाम समेत सोच्न नेताहरु लागिपरेका छन् । анализвинперст отзывысло числопродвижение поисковое сайта в гуглеfree webcam girls nudeкрючки каматсу