नेपालमा बार्षिक ५० अर्ब बराबरको सुनचाँदीको कारोबार हुने गरेको छ । सरकारले सुनचाँदीको क्षेत्रलाई फराकिलो बनाए देशको राजस्वमा बृद्धि हुने व्यवसायीहरु बताउँछन् ।

महँगो भन्सार दरका कारण सुुनचाँदी व्यवसायमा समस्या परेको नेपाल सुन चाँदी व्यवसायीहरुले गुनासो गरेका छन् । सुनचाँदी कारोबारबाट मात्रै मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुुनारले जानकारी दिए । उनका अनुसार नेपालमा वार्षिक ५० अर्बको सुनचाँदीको कारोबार हुने र आठ अर्ब राजश्व संकलन हुने गरेको तथ्यांक छ ।

महासंघको पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुनारले प्रतिकेजी ४ लाख २० हजारको दरले भन्सार तिर्नुपरेकोले व्यवसायमा समस्या पैदा भएको जानकारी दिए ।

‘सरकार समक्ष सुन आयात गर्ने अधिकार बैंक र व्यवसायी दुवैलाई दिनुपर्ने, विदेशबाट आउँदा गरगहना बनाएर ल्याउन पाउनुपर्ने, बिल बीजक भएका गहनाको ओसारपोसार गर्न पाउनुपर्ने, कर घटाउनुपर्ने, सुन व्यवसायीलाई तालिमको व्यवस्था गर्नुपर्ने र शान्ति सुरक्षा दिनुपर्ने माग राख्दै आएका छौं ।’ अध्यक्ष सुनार भन्छन्, ‘तर सरकारले हाम्रो मागलाई वेवास्ता गर्दै आइरहेको छ ।

अहिले नेपालका ५३ जिल्लामा रहेका सुनचाँदी व्यवसायीको छाता संगठनका रुपमा रहेको महासंघमा २५ हजार व्यवसायी आबद्ध छन् । महासंघले सुनचाँदीको व्यवसायबाट तीनलाख व्यक्तिले रोजगारी पाइरहेको जनाएको छ ।

व्यवसायीहरुले सरकारले उपलब्ध गराउँदै आएको दैनिक २० सुन कम भएको भन्दै कम्तिमा ४० केजी पु¥याउनुपर्ने माग गरेका छन् ।

winperst отзывыпрограмма для создания сайта визитки