नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बनाउने बताउनुभएको छ ।
देशलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउन नयाँ शक्ति पार्टीले वैकल्पिक सरकार बनाउने बताउनुभएको हो । नयाँ शक्ति सिन्धुलीले आइतबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सिंहदरबारको अधिकार गाउँगाउँमा गएसँगै हुन सक्ने अनियमिततालाई रोक्न वैकल्पिक सरकारले काम गर्ने बताउनुभयो ।
नेता भट्टराईले भन्नुभयो, “सिंहदरबारमा हुने भ्रष्ट्राचार, अनियमितता, ढिलासुस्तीजस्ता प्रवृत्ति रोक्न स्थानीय, प्रदेश र संघीय तहमा वैकल्पिक सरकार बनाउन लागेका हौँ ।”

укладка ламинатobuvaiko