काठमाडौं, २६ चैत – प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमण बनावटी, देखावटी नभई यर्थाथमा आधारित भएको बताएका छन् ।  तीन दिने राजकीय भ्रमणबाट आइतबार साँझ स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपालको नयाँ जनमतलाई भारतले अब स्वागत गरेको उल्लेख गरे ।
‘२१ शताब्दीमा हामी बाँकी दुनियासँग कसरी सम्बन्ध राख्न चाहन्छौं भन्ने स्पष्ट भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो भ्रमण बनावटी, देखावटी कुरामा होइन यथार्थामा आधारित र उपलब्धी पूर्ण भएको छ ।’
उनले नयाँ संविधान बनेपछि आएको चुनावी जनमत बोकेर आफू भारत पुगेको उल्लेख गरे । भारतले यहाँको जनमतलाई स्वागत गरेर अघि बढेको प्रधानमन्त्री ओलीले बताए । आजको कान्तिपुरमा खबर छ ।

паркет массивреставрация паркета киев цена