विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा ठूला पदमा रहेर काम गरेका एक क्यानडियन नागरिकलाई बाल यौन दुराचार गरेको आरोपमा काभ्रेबाट पक्राउ गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) विगत केही वर्षदेखि नेपालमा बसोबास गरिरहेका ले क्यानेडियन नागरिक पीटर जोन ग्यालगीसलाई पक्राउ गरेको हो ।

जोनका बारे विदेशबाट नै सूचना प्राप्त भएपछि सीआईबीले केही समयदेखि अनुसन्धान गरिरहेको सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले बताउनुभयो ।

काभ्रेको मण्डन, देउपुर–१ मा जोन १४ रोपनी क्षेत्रफलमा रहेको विलासी घरमा बस्दै आएका उनले उक्त घरमा नै १२ र १४ वर्षका दुईजना बालहरुकसँग यौन दुराचार गर्ने गरेको दाबी सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीको छ ।

ती दुई बालकको उद्दार गरी परिवारको जिम्मा लगाएको पनि उहाँले जानकारी दिनुभयो ।

डीआईजी कार्कीका अनुसार पीएचडी गरेका जोन विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा ठूला पदमा रहेर काम गरेका व्यक्ति हुन् ।

создание веб порталовкупить женские сабо в украине