उहाँमाथि बिहान २ बजे शौच गर्न निस्किएका बेला विराटनगरको जतुवास्थित रामजानकी मन्दिरमा गोली प्रहार भएको थियो ।

श्रीनिवासमाथि गोली प्रहार कसले गर्‍यो भनेर एकीन जानकारी आएको छैन तर, घटनास्थलमा ‘मंगोल नेशनल अर्गनाइजेशन आर्मी’ नामक भूमिगत समूहको पर्चा भेटिएको छ । त्यसैले गोली प्रहारमा पनि उसैको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

मोरङका प्रहरी नायव उपरिक्षक विष्णुहरी कोइरालाले घटनास्थलमा चेतावनीपूर्ण पर्चा मंगोलिन आर्मीले छाडेको भेटिएको र प्रारम्भिक अनुसन्धानको अवस्थामा उनीहरुकै संलग्नता भएको देखिने बताउनुभएको छ ।

पर्चामा ‘भारतको दलाली गर्नेहरुलाई ठेगान लगाउने अभियान’ शुरु गरेको उल्लेख छ । तर गोली प्रहार गरेको भनेर स्पष्ट रुपमा पर्चामा उल्लेख छैन ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आइतबार भएको गोली प्रहारको भत्सर्ना गर्दै अपराधी पत्ता लगाउने कार्यमा सरकारले तत्काल गम्भीर तदारुकता देखाओस र कानुन बमोजिम कारबाही होस भन्ने माग गर्नुभएको छ ।

थापाले ट्वीट गर्दै श्रीनिवासको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै छानबिनको माग गर्नुभएको हो ।

घटनामा दुई राउण्ड गोली चले पनि एउटा गोली मात्रै उनलाई लागेको थियो । उहाँको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको प्रहरीको भनाइ छ ।

उहाँको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भैरहेको छ । घाइते आचार्य श्रीनिवास खतरामुक्त रहेको उनी उपचाररत अस्पताल प्रशासनले जनाएको छ ।

सुनसरीको प्रकाशपुर आश्रममा बस्दै आएका आचार्य श्रीनिवास विराटनगर जतुवाकी शिष्य अनिता ढकाल यादवसहितको टोलीले आयोजना गरेको श्रीमद भागवत सप्ताहको लागि आचार्य विराटनगर आउनुभएको थियो ।

आइतबारदेखि सुरु हुने श्रीमद भागवतमा आचार्यलाई मुख्य पुराण बाचकको रुपमा निम्ता गरिएको थियो । श्रीमद भागवत सप्ताह आयोजक समितिले उनलाई जतुवामै बासको व्यवस्था मिलाएको थियो ।

आचार्यलाई हत्या गर्ने उद्देश्यले गोली हानिएको भन्दै विरोध भएको छ । प्रदेश नं। १ का सांसद जयराम यादवले श्रीनिवासमाथिको आक्रमण सम्पूर्ण हिन्दु धर्ममाथिको आक्रमण भएको टिप्पणी गर्नुभएको छ ।

медийная реклама рсяалександр лобановский харьков