रामेछाप । बिरामी भएर स्वास्थ्यकर्मीकोमा उपचार गर्न गएकी एक युवतीले स्वास्थ्यकर्मीबाटै यौन दुर्व्यवहार भएको भन्दै जवर्जस्ती करणी अन्तर्गत उजुरी दर्ता गराएकी छन् । उजुरी दर्ता पछि स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

जिल्लाको सुनापति गाउँपालिकाकी १७ वर्षीया युवतीले आफू आफु माथि यौन दुर्व्यवहार गरेका भन्दै घटना भएको ८ दिन पछि जवर्जस्ती करणी अन्तर्गत उजुरी दर्ता गराएकी हुन् ।

किशोरीले सुनापति गाउँपालिका १ गुन्सीमा रहेको स्वास्थ्य चौकीका अहेब राकेश दासमाथि जवर्जस्ती करणीको आरोपमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

चैत्र १२ गते एसइइ परीक्षा दिन बेथानबाट गुन्सी गएकी किशोरीलाई टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने र पखाला चल्ने समस्या देखा परेपछि उपचारका लागि गुन्सीमा रहेको स्वास्थ्य चौकीमा पुगेकी थिइन् ।

चौकीका अहेबले आफू माथि यौन दुर्व्यवहार गरेको भन्दै पीडितले जवर्जस्ती करणीको उद्योग अन्तर्गत प्रहरीमा आएर मुद्धा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए । किशारीले आरोप लगाएका स्वास्थ्यकर्मीलाई गिरफ्तार गरी अनुसन्धान कार्य समेत भइरहेको प्रहरीले जानकारी दिएको छ ।

пушок прокурорредирект онлайн