अाेली माेदी औपचारिक वार्ता आज

काठमाडौं, २४ चैत – तीन दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी ओली र समकक्षी नरेन्द्र मोदीबीच शनिबार दुई चरणमा वार्ता हुने तय भएको छ ।

हैदराबाद हाउसमा बिहान ११स्३० बजे रेस्ट्रिक्टेड वार्ता र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दिवाभोजसहित जम्मा अढाइ घण्टा मोदी र ओली सँगै रहनेछन् ।

रेस्ट्रिक्टेड वार्तामा ओलीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाण्ज्यिमन्त्री मातृका यादव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिजाल, मुख्यसचिव लोकदर्शन रेग्मी, पराराष्ट्रसचिव शंकरदास बैरागी, कार्यबाहक राजदूत भरतकुमार रेग्मी तथा नेपाली दूतावासका राजनीतिक काउन्सिलर हरि ओडारी रहनेछन् । कार्यतालिका अनुसार प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित १३ जना सहभागी रहनेछन् ।

उपराष्ट्रपति बैकया नायडुसँगको भेटमा नौजना, गार्ड अफ अनर कार्यक्रममा प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्यसहित १५ जना सहभागी हुनेछन् । भारतीय प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा दिने दिवाभोजमा प्रधानमन्त्रीदम्पतीसहित २६ जना सहभागी हुनेछन् । आजको नयाँ पत्रिकामा खबर छ ।

канада пмж из казахстанаsms категория 913 что это

Leave a Reply

Your email address will not be published. Required fields are marked *