निजी अस्पतालमा ‘सिजेरियन’ डेलिभरी पाँच गुणाले बढ्यो

काठमाडौं, २४ चैत – केही दिन अघि काठमाडौंकी सरिता मानन्धर(थर परिवर्तन) स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको मोडल अस्पतालमा पुगेकी थिइन् । उनको पेटमा आठ महिनाको बच्चा थियो । मोडल अस्पताल पुगेर स्वास्थ्य परीक्ष्ण गराउँदा उनको शरीरमा पानीको मात्रा ७.५ सिएम मात्रै देखियो ।

गर्भवती महिलामा पानीको मात्रा यति देखिनु भनेको गम्भीर समस्या हो । चिकित्सकले उनलाई बच्चामा समेत समस्या देखिने भन्दै तत्काल अप्रेसन गर्न सल्लाह दिए । चिकित्सकको सल्लाह विश्वास नलागेपछि उनी थापाथलीस्थित प्रसुतिगृह पुगिन र स्वास्थ्य जाँच गराइन् । उनको शरीरमा १४.५ सिएम पानी देखियो भने बच्चाको अवस्था पनि राम्रो देखिएपछि उनी र गइन् ।

निजी स्वास्थ्य संस्थाले पैसा कमाउे नाममा अनावश्यक सुझाव दिएर अप्रेसन गर्न लगाउने गरेको मानन्धरले बताइन् । शल्यक्रिया अर्थात ‘सिजेरियन’ गरी बच्चा जन्माउने प्रचलन बढ्दै गएपछि सामान्य अवस्थामा रहेका गर्भवती महिला पनि विभिन्न बहानामा शल्यक्रियामार्फत बच्चा जन्माउन बाध्य बन्दै आएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

стоимость паркетассылочная масса для сайта где набрать бесплатно

Leave a Reply

Your email address will not be published. Required fields are marked *