चैत २३ गतेका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा अभिनेता राजेश हमाल र दिनेश डिसी सहभागी हुने भएका छन् ।
गत शुक्रबार राजधानीमा आयोजित फान अवार्ड वितरण कार्यक्रममा प्रधानमन्त्री  ओलीले आफनो भारत भ्रमणका क्रममा भ्रमण दलका सदस्यमा कलाकारहरुलाई पनि सहभागी बनाउने बताएका थिए।
नेपाली कला क्षेत्रको प्रतिनिधित्व गर्दै हमाल र डिसी जाने निर्णय भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बलिउडका कलाकार र अन्य व्यक्तिहरुसँग पनि भेट्ने कार्यक्रम छ।
सो क्रममा नेपालका विभिन्न स्थानलाई बलिउड फिल्मको सुटिङ स्थलका रुपमा लिन र नेपालको पर्यटन विकासमा टेवा पुर्यााउने दोहोरो फाइदाका लागि छलफल गरिने नेपाली पक्षको तयारी छ।

паста к спагеттипаркет укладка