सामान्य एक लिटरवाला एक बोतल  पानीको कति रुपैयाँ पर्छ? बढीमा कति रुपैयाँसम्म लिन पाइन्छ? यसको कुनै सीमा देखिन्न हामीकहाँ। भर्खरै काठमाडौँको एउटा रेस्टुरेन्टमा जाँदा एक बोतल पानीको १४९ रुपैयाँ लाग्यो। जसमा १७ रुपैयाँ चानचुन त मैले तिरेको करमात्रै रहेछ। हेर्नुस् बिल।

 

यसमा मिनरल वाटरको १२० रुपैयाँ लेखिएको छ। खासमा १२० रुपैयाँ भए पनि ग्राहकको गोजीबाट भने १४९.१६ पैसा यो पानीको लागि गएको छ।

१२० रुपैयाँमा पनि कूल २३% कर लगाइएको छ।

१०% सर्भिस चार्जका रुपमा १२ रुपैयाँ काटिएको छ। सर्भिस चार्ज अन्तर्गतको रकमपछि १३ प्रतिशत भ्याट लगाइएको छ। यसको अर्थ पानीको शुल्क १२० रुपैयाँमा १३ प्रतिशत भ्याट लागेको होइन, १२ रुपैयाँ जोडेपछि १३२ रुपैयाँमा भ्याट लगाइएको हो।

१३२ रुपैयाँमा १३ प्रतिशतको हिसाबले १७.१६ रुपैयाँ भ्याट लाग्यो। यसको अर्थ १२० रुपैयाँको पानीलाई सर्भिस चार्ज र भ्याटसहित कूल १४९.१६ रुपैयाँ तिर्नुपर्‍यो।

नाम चलेको कफी सप हिमालयन जाभाम पनि केही समय अघि पानी प्रकरण भएको थियो। हिमालय जाभाले पनि पानी रु १३० मा बेच्थ्यो। कुनै ग्राहकले प्रहरीमा उजुरी दिएछन्। पछि जिल्ला प्रशासनले चेतावनी दिएपछि अहिले उसले आफ्नो मेनु फेरेको थियो। रु १३० लेखिएको ठाउँमा स्टिकर टाँसेर हिमालयन जाभाले एक बोतल पानीको मूल्य रु ६० बनाएको थियो त्यसपछि।

 

самые дешевые грузоперевозкимейк ап глаз фото