काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक झड्का लागेको छ । उनको आशाको अन्तिम त्यान्द्रोका रुपमा रहेका तीन राजनीतिक दलले राजतन्त्रको अडान छाडेका छन् ।
संवैधानिक राजतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा), राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा राष्ट्रवादीले अबको नेपालमा कुनै पनि प्रकारको राजसंस्थाको औचित्य नरहेको निचोड निकाल्दै अडान त्यागेका हुन् ।
पार्टी एकताको लागि गृहकार्यमा जुटेका पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वका राप्रपाले एकताको प्रारम्भिक मस्यौदामै अब नेपालमा राजसंस्था आवश्यक नरहेको निष्कर्ष निकालेका हुन् ।
पार्टी एकताका लागि गठित उच्चस्तरीय कार्यसम्पादन समितिले बुधबार राती मस्यौदा प्रस्ताव तय गर्दै ‘राजतन्त्रको औचित्य सकिएको’ उल्लेख गरेको एक नेताले दाबी गरेका छन् । तीन वटै राप्रपाले पूर्वराजा ज्ञानेन्द्रले नै राप्रपालाई तहसनहस पारेको निष्कर्षसमेत निकालेका छन् ।
‘ज्ञानेन्द्रको भूमिका अत्यन्तै आपत्तिजनक छ, राप्रपा सकाउने मात्रै होइन, गणतन्त्रविरुद्ध पनि आपत्तिजनक चलखेल गरिरहेका छन्, उनको गतिविधिमाथि सरकारले निगरानी राख्नुपर्छ,’ राणा, थापा र लोहनीको निष्कर्ष सुनाउँदै समितिका एक सदस्यले भने । तीनै वटै दलले गणतन्त्रविरुद्ध अनावश्यक चलखेल गरे ज्ञानेन्द्रको अवस्था अत्यन्त दुर्भाग्यपूर्ण हुने विश्लेषणसमेत गरेका छन् । यसअघि, तीन वटै राप्रपा संवैधानिक राजतन्त्र अनिवार्य रहेको अडानमा थिए ।
‘पूर्वराजा ज्ञानेन्द्रका पछिल्ला गतिविधि संविधान र गणतन्त्रविरुद्ध रहेकाले सरकारले उनीमाथि कडा निगारानी राख्नुपर्छ भन्ने मस्यौदाको निष्कर्ष रहेको छ,’ बैठकलगत्तै एक नेताले भने । तीन वटै दलका नेताले सो प्रस्ताव बाहिर नलाने सहमतिसमेत गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले एकता रोक्न चलखेल गरेपछि तीनै दलले राजसंस्थाको अडान नै त्यागेका हुन् ।
राप्रपाले ज्ञानेन्द्रलाई काउन्टर दिँदै राजा वीरेन्द्रकी नातिनीलाई मात्रै सम्मान दिन सकिने प्रस्तावसमेत गरेको छ ।

как убрать темные круги под глазамибронзер это