जनजाति वा जातीय अधिकार, जातीय परिचय र आबस्यकता त्यसको महत्व र ब्यबस्थापन सम्बन्धमा विश्व इतिहास र अहिले नेपालमा उठेको जातियबादको पक्ष र बिपक्ष धेरै बहस भैसकेका छन् र भैरहेछन । नेपालमा बहुचर्चित र बिबादित जातियबादको सकारात्मक वा नकारात्मक पक्षमा चर्को विवाद बहस र कुनै अप्रिय वातावरणको सृजना हुनुभन्दा पहिले दक्षिण अफ्रिकाका स्वेत अस्वेत द्वन्दको कारण तीन दशकसम्म जेल सजाय भोगु भएका, नोवेल शान्ति पुरस्कार लगायत २५० वटा अन्दा बढी अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको अभिव्यक्तिलाई मनन गर्नु जरुरि भएकोले स्मरण गराउनु यो समयमा उचित होला । नेल्सन मण्डेलाले भन्नु भएको छ “म जातिबादलाई घृणा गर्दछु जातिबाद मानबता बिरोधि बर्बरतापूर्ण अपराध हो ।” वहाको यो अभिव्यक्ति त्यसै आएको होइन । जसले स्वेतहरुको मानबता विरोधी हरकतको पीडा भोगेको छ । ठिक त्यसै गरि अहिले हाम्रो देशमा पनि तिनै स्वेतहरुको उक्साहटमा यो मानबता विरोधी आन्दोलन (जातीय)ले प्रसय पाएको स्पस्ट छ । दार्शनिक गुरु स्वामी बिबेकानंद जसले हिन्दू दर्शनलाई युरोप र अमेरिकासम्म पुर्याउन शसक्त भूमिका खेल्नु भएको थियो । वहा जहाँ जहाँ पुग्नु हुन्थ्यो आफ्नो प्रबचनमा यहि कुरोलाई बल दिनु हुन्थ्यो कि “यो संसारमा मात्र दुई जात छन् एक स्त्री र अर्को पुरुष” संसारमा एउटै मात्र धर्म छ त्यो हो मानब सेवा । र, सभ्य आधुनिक समाज जसलाई हामी चेतनशील नागरिकहरुको बस्ति भन्छौं वा सभ्य समाज को अबधारणा को अपेक्षा राख्दछौं त्यो भनेको समान मानबिय मुल्य र मान्यता को मर्मलाई व्यवहारमा कार्यान्वयन गरिदा मात्र उपलब्ध हुने हो । जात भनेको एउटा बंशको निरन्तरता दिने वा परिचय दिने माध्यम मात्र हो कुनै सानो र कुनै ठुलो हुँदैन । यो कुरो बुझ्न र बुझाउन ढिला भै सकेको छ । मानब मानब नै हुन्छ सबै समान हुन्छन कथित ठुलो जात भनेर दम्भ देखाउनु वा जनजाति, दलीत भनेर आफुले आफैलाई हेलित सम्झनु दुवै अबचेतनाका पराकाष्ठा हो । हामीले जातियता होइन एउटै देशका नागरिक बीचमा आत्मियता बढाउने सोच र बाटो खोजौ देश बलियो हुँदा नै नागरिक बलियो हुन्छ त्यसैले साम्प्रदायिकता र क्षेत्रीयता होइन राष्ट्रियता बलियो हुने बाटो रोज्नु पर्छ । अन्यथा उसलाई खाने बाघले एक दिन म हामी र सबैलाई खान्छ समयमा नै सोचौ । । जहाँ स्वयम फरक देख्ने वा देखाउने मानसिकता हुन्छ त्यहाँ अबचेतनायुक्त समाज हुन्छ । हामी सभ्य छौ चेतनशील छौ भन्ने मान्यता राख्छौं भने जातीय बिभेदको विवाद आजैबाट अन्त गर्नु पर्छ । गौतम बुद्धले प्रतिपादन गर्नु भएको “शान्ति सेवा र मानबियता”को सिदान्त पनि जातीय बिभेदभन्दा माथिको सोच राख्न कै लागि थियो । वहाले देख्नु भएको दुःखी रोगी र लाशको तीनवटा नै अवस्था मानबियता मात्र थियो जातियताको गन्ध थिएन ।

नेपालमा अहिले जसरी जातीय मुद्दा उठेको छ त्यसको उठानको आधार बिन्दुदेखि प्रस्थान (गन्तब्य)बिन्दु अर्थात परिणामसम्म प्रत्यकले म राष्ट्रको एक जिम्मेवार नागरिक हु भन्ने सोचेर बिषयगत बिश्लेषण, मुल्यांकन गर्नु अनिबार्य हुन्छ । हामीले सभ्य मुलुक, बिकसित मुलुक भनेर औल्याईएका देशहरुलाई अध्ययन गर्यौ भने थाहा हुन्छ कि समान मानवीय मूल्य र मान्यताको सिदान्त अनि मर्मलाई ब्यबहारमा कार्यान्वयन गर्नु किन आबस्यक छ र परिणाम कस्तो आउछ र ? जातीयबाद किन मानबता बिरोधी अपराधको रुपमा परिभाषित भएको छ । आज प्रविधिले संसारलाई नजिकबाट पारदर्शी बनाइ सकेको छ । इतिहास आखा र मस्तिष्कमा चलचित्र झैँ छाएको छ । जातीय युद्धका पीडा भोगेका देशका नागरिकको कोलाहल चिच्याहट र देशबाट बिस्थापित हुनु परेको दर्दनाक कथा व्यहोरेका देश हरुको सूची यहाँ उल्लेख गर्नु पनि जरुरी छैन यसको बाबजुद पनि हाम्रो विवेकपूर्ण क्षमतामा काम गर्न असमर्थ हुन्छ र बिदेशी को उक्साहट र खर्चमा अभिप्रेरित हुन्छ भने हामीले दुर्भाग्य व्यहोर्नु बाहेक कुनै बिकल्प रहने छैन । जातियता अनि बिदेशी प्रभाब कति खतरनाक हुन्छ भने स्विजरल्याण्डको संघियताको समस्या समाधान गर्न ३२ बर्ष लाग्यो । विश्वयुद्दको चरम अवस्थाले गर्दा छिमेको राष्ट्रहरु त्यता व्यस्त भएको मौका छोपी साहसिलो निर्णय न गरेको भए सायद आज स्विजरल्याण्ड भन्ने देश विश्व मानचित्रमा नहुन पनि सक्थ्यो । त्यसैगरी श्रीलंकामा राष्ट्रपति महेन्द्रा राजपाक्षले भारतको संसदीय आम निर्बाचनको मौका पारि नर्वेजियन, स्विडिस जो शान्तिदूत वा द्वन्दग्रस्त क्षेत्र मा मध्यस्तकर्ताको बहानामा अर्काको देशमा हस्तक्षेप गर्ने उस्तै परे देश नै टुक्रयाइदिने गर्दछन उनिहरुलाई प्रवेश निषेध गर्नुको साथै सयुक्त राष्ट्रसंघ समेतलाई रोकेर जातियवादी तमिल राज्यको माग गर्दै ४ दशकसम्म आन्दोलित समू माथि बिजय प्राप्त गरि देश बिभाजन हुन् वाट रोकेका थिए । नर्बे, स्विडिस वा संयुक्त राष्ट्रसंघ श्रीलंकामा छिर्न पाएको भए इस्ट टिमोरलाई झैँ श्रीलंकाको पनि बिभाजन हुने निश्चित थियो । यति खतरनाक हुन्छ कि त्यसै कारण सभ्य मुलुकमा त् जातरंग अनि धर्मको बिभेद लाइ कानुनले नै निषेध र दण्डित गरेको छ । त्यसतै भारत जस्तो बिशाल गणतान्त्रिक देश जहाँ नेपालकै जस्तो बिबिध जात र भाषाको सम्मिश्रण छ त्यहाँ पनि जातीयबादी र उग्रबाम पन्थी (माओबादी) पार्टी प्रतिबन्धित छ । कारण स्पस्ट छ जातीयबाद आजको सभ्य समाजको एउटा ठुलो कलंक हो । नेल्सन मण्डेला को अर्को भनाइअनुसार “जन्जिरवाट मुक्त हुनु मात्र स्वतन्त्रता होइन स्वतन्त्रता यस्तो होस् जहाँ अर्कोको स्वतन्त्रताको सम्मान र मर्यादा बढेको होस्” हामीले यो सोचलाई कसरी कार्यान्वयन गर्ने ? त्यो सकारात्मक सोच देखाउन सक्नु परेको छ ।

जब हामी आफ्नै लागि सोच्न ,आफ्नै भबिस्य कोर्न असफल हुन्छौँ अनि आयातित सिदान्त र निर्देशित बाटोमा हिड्न थाल्छौं । तब व्यक्तिगत मात्र होइन राष्ट्रिय स्वाभिमान समेत दाउमा लगाउन बाध्य हुन्छौं । हामीले गम्भीर भएर सोच्नु पर्ने कुरो के हो बने एउटा पराइले हामि लाइ बिना स्वार्थ लगानी गर्दैन ।आज मलाइ प्रयोग गर्छ आफ्नो स्वार्थ पुरा गर्छ अनि एउटा फ्याक्छ अर्को च्याप्छ क्रमैले सबैलाई खान्छ अर्थात सबै लाइ ग्क्भ् ब्ल्म् त्ज्च्इध् गर्छ भनेर बुझ्न सक्नुपर्छ । अहिले नेपालमा जातीय मुद्धा जबर्जस्ती लादिनुमा मुख्य दुइ कारण रहेका छन । एक माओबादीले जनजातीलाई राज्य वाट बिशेष अधिकार दिलाउने छौ भन्दै आफ्नो शक्ति आर्जनको लागि आकर्षित गरि उक्साएर हतियार को रुपमा प्रयोग गर्न् सफल हुनु र दोस्रो हो बिस्वको एक मात्र हिन्दु राष्ट्र र र यो समाज मा भएका केहि बिकृति लाइ बहाना बनाइ केहि युरोपेली (इशाई)रास्ट्रले जनजातिलाई प्रयोग गरि हाम्रो समाज ध्वस्त पार्न अरबौ खर्च गरि उक्साउनु नै हो । यो उक्साहटले यतिबेला खतरनाक स्वरुप धारण गरेको छ जसको कारण छिमेकी मित्र राष्ट्र भारत समेत सशंकित र सतर्क भएर केहि महिना अगाडी नेपाल सरकारलाई लिखित रुपमै जनजातिको नाममा प्रोत्साहित गर्ने सबैलाई गतिबिधि र कार्य अर्को शब्दमा जनजाति गतिबिधि रोक्न चेतावनी दिसकेको छ । भारत कै कुटनैतिक पहलमा बेलायतले बर्षेनी जनजाति संघर्ष गर्न दिदै आएको १२ र १५ करोड सहयोग रोकिएको वा दिन बन्द गरिएको जानकारी सार्बजनिक गरि सकेको छ ।बिस्वको ठुलो गणतान्त्रिक लोकतन्त्र भएको देश भारतमा किन माओबादी र जनजातीबाद समुहलाई आतंककारी घोषित गरि प्रतिबन्ध लगाइएको छ ? कारण स्पस्ट छ जातीय युद्धले रास्ट्र विखण्डन मात्र निम्त्याउने छ र अनन्त सम्म देश अस्थिरतातर्फ धकेलिने छ ।

अब अनुमान गरौ नेल्सन मण्डेलाले त्यसै जातीयबाद मानबता बिरुद्धको अपराध हो भनेका हुन् ? अझ सुडान इथोपिया लगायतका हृदय बिदारक दृष्यहरु पनि नेपाली र संसारको लागि अनभिज्ञ होइन । अझ अर्को स्मरणीय कुरो त् के छ भने ति देश जुन देशमा जात, बर्ण, धर्मको आधारमा भेदभाब गर्नु गैर्ह कानुनि छ त्यहि देशहरु नेपालको जनजाती आन्दोलनको लागि खर्च व्यहोर्दै छन् भने बुझ्नु पर्छ कि हामी माथि खेलबाड हुदै छ । एकले अर्कोलाई सिध्याउने खेलमा कतै हामी स्वयम सिद्धिने त् होइनौ ? किन कि साम्यबादी सिदान्त ले (जो माओबादी ले यो जातीयताको नारा उठाएको छ ) जातीय बिभेदको अन्त गर्ने हो बिशेधाधिकार प्रदान वा बिशेष सुबिधा उपलब्ध गराउदैनन हतियार मात्र बनाएर प्रयोग गर्ने हुन् ।
यो संसार मा जति पनि इतिहास रचिए जति पनि सपुतहरु अमर भएर रहेका त्यसमध्य एक पनि जातीय वा क्षेत्रीयता को लडाई लडेर होइन । जातीय विवाद मा फसेका कुनै पनि देश चरम आर्थिक संकट, अस्थिरता, अस्तव्यस्तता व्यहोर्दै अन्तमा विखण्डित भएका छन् । नेपालमाभै राखेको जनजाती अधिकार र स्वायत्तताको सन्दर्भमा बाइबलको एउटा राजनैतिक आदर्शको अंश उल्लेख गर्नु उचित होला भनिएको छ “बहुमतले अल्पमतमाथि अन्याय नगरोस” तर हाम्रो समाजमा उल्टो भएको छ बहुमतले देखाई रहेको सदभाब माथि अल्पमतले आक्रमण प्रयास हुदै छ । हामी यो २१ औं शताब्दीमा पनि आफुले आफैलाई चिन्न सकिराखेका छैंनौं वा आफ्नो मूल्य आफैलाई थाहा छैन वा समाज र देशप्रतिको जिम्मेवारी महसुस गर्न सकी राखेका छैनौ । कतै हामी बिदेशीको अनपेक्षित निर्देशनमा आफ्नो स्वबिबेक र दायित्ववाट बिमुख हुदै त् छैनौ ? अन्जान वा उक्साहटमा सामाजिक सदभाब र राष्ट्रिय एकतामा आघात पार्दै त् छैनौ ? सबभन्दा ठुलो आघात त् यहाँ स्वयम एक जन जातिले अर्को जनजाति माथि गर्दै छन् । उदाहरणको लागि हेरौ त् हिजो सम्पूर्ण जनजातीको एउटा छाता संघठन थियो आज माओबादी समर्थक, एमाले समर्थक, कांग्रेस समर्थक, राप्रपा समर्थक, मधेशवादी समर्थक बनेर टुक्रा टुक्रा मात्र भएका छैनौ राइ एकातिर , लिम्बु एकातिर । शेर्पा एकातिर । तामांग एकातिर, नेवार एकातिर यसरि हामी र हाम्रो एकता लथालिंग हुदैछ । आजसम्म मिलेर बसेका सबै जनजाती अब कथित विशेषाधिकारको कोटा, कथित बेग्लै राज्य र पहिचानको मृग तृष्णा बोकेर स्वयमलाई कमजोर र अबसान गर्ने बाटोमा हिडेका वा अग्रसर हुदै छौ । यो समाज यो देश सबैको साझाफूलबारी हो । यो माटोको सुगन्ध सबैले समान रुपले ग्रहण गर्न पाउनुपर्छ । राज्यले दिने अवसरलाई आफ्नो इच्छा योग्यता र क्षमतामा प्रतिस्पर्धि बनेर उपयोग गर्न पाउने नैसर्गिक अधिकारको सुरक्षा गर्नुपर्छ । प्रत्यक नागरिकले देशको प्राकृतिक स्रोत र साधनको समान रुपले उपयोग गर्न पाउनु पर्छ । हामी नेपालीले कथित उपल्लो जात वा जनजाती र दलित जस्ता सोच र ब्यबहारबाट माथि उठ्न ढिला भै सकेको छ । यहाँ एक पटक प्लेटोको भनाइ स्मरण गर्नु उचित हुन्छ इशापूर्व ३२८ मा जन्मिएका प्लेटोले भन्नु भएको थियो “प्रकृतिको हिसाबले सबै मानिस समान छन् एउटै पृथ्वी को हावा । पानी र माटोको भर मा बाच्दछन् । त्यसैले राजा होस् कि गरिब मानिस सृस्टिकर्ताको नजरमा बराबर छन् ।”

राज्यको दृष्टिमा कुनै जात बिशेष वा समुह बिशेषलाई प्राथमिकतामा पार्ने कुरो संबैधानिक हुनै सक्दैन । जुनसुकै धर्म जात बर्णको किन नहोस प्रत्यक नागरिक राज्यको दृष्टिमा समान हुनु पर्दछ । जातीय विशेषाधिकार, आरक्षण वा छुट्टै राज्यको माग चेतना होइन अब चेतना र भ्रमित मानसिकताको उपज हो । एक चेतनशील नागरिकको दृष्टिमा कुनै पक्षले योग्यता बिना नै विशेष अवसर पाउनुपर्ने र अर्को कुनै पक्षले योग्यताको बाबजुद राज्य वाट पाउनु पर्ने सुबिधाबाट बन्चित हुनु पर्ने हो भने अन्तहीन द्वन्दको बिजारोपण गर्नु हो जुन आधुनिक सभ्य समाजको लागि कलंक हो । तसर्थ नागरिक समाजदेखि राजनैतिक दलहरुले जातियताको मुद्धालाई स्थगित गर्नु पर्छ । आफ्नो दल र कार्यकर्तालाई नेतृत्व बर्गले सहमत गराउनु पर्छ । स्पस्ट छ यहि जातीय मुद्धाको सेरोफेरोमा दलहरुले आफुलाई निश्चित बाटोमा डोर्याउन न सक्दा नै बिगतमा धेरै समयसम्म संविधान बन्न नसकेको उदाहरण ताजा नै छ । जातियताको मुद्दाले जटिलता पैदा गर्ने कुरामा अझै पनि शंका गर्ने प्रशस्त ठाउँ देखिन्छ ।

гриль на газузимняя мужская обувь днепропетровск