मोदीले फराकिलो छाती बनाउनुपर्छ’  

काठमाडौ,२२ चैत-  भारत भ्रमणमा आउन लागेका नेपालका प्रधानमन्त्री केपी ओलीसँग फराकिलो छाती बनाएर प्रस्तुत हुन भारतीय संसदका विपक्षी दलहरूले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका छन् ।

नेपालको सार्वभौम हैसियतलाई हृदयदेखि आत्मसात् गरी उसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र नेपालले अन्य छिमेकीसँग राख्ने सम्बन्धलाई नेपाल–भारतबीचको सदियौंदेखिको मित्रतापूर्ण र घनिष्ठ सम्बन्धसँग नदाँज्न पनि उनीहरूले सुझाएका छन् ।

विगतमा नेपालको आन्तरिक मामिलामाथिको हस्तक्षेप नाकाबन्दीको तहसम्म पुग्दा नेपालीको मन दुखेको स्मरण गराउँदै ती दलहरूले यसप्रति संवेदनशील भएर समकक्षी ओलीको स्वागत गर्न र नेपालका चासोहरू सम्बोधनमा कन्जुस्याइँ नगर्न सुझाव दिएका हुन् । मोदीले यति गरे नेपाल–भारत सम्बन्ध पूर्ववत् अवस्थामा फर्कने उनीहरूको विश्वास छ ।

प्रधानमन्त्री मोदीबाट भविष्यमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता आए नेपाल–भारत सम्बन्धले पुरानै लय समात्नेमा उनीहरू विश्वस्त छन् ।

‘प्रधानमन्त्री ओलीसामु भारत बुद्धिमतापूर्वक प्रस्तुत हुनुपर्छ । भारतले नेपाल र नेपालीका आकांक्षाप्रति गहिरो चासो राख्नुपर्छ र त्यसको बदलामा नेपालका प्रधानमन्त्रीले पनि भारतका चासोलाई आत्मसात् गर्नुहुनेछ,’ खरो वक्ताका रूपमा चिनिने कंग्रेस आईका वरिष्ठ नेता मणिशंकर ऐय्यरले भने, ‘सार्वभौम मुलुकलाई आफूले चाहेको गर्न दिएपछि मात्र त्यस देशका जनताको मन जित्न सकिन्छ ।’

व्यापक जनसमर्थनबाट चुनिएका प्रधानमन्त्री ओली भारत भ्रमणमा आउन लागेको सन्दर्भलाई नेपाल–भारतबीचका सबै मतभेद हटाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने भारतीय राष्ट्रिय कंग्रेसका महासचिव डीपी त्रिपाठीले बताए । आजको कान्तिपुरमा खबर छ ।

кто работал с пай пер профитсrussia weather in winter

Leave a Reply

Your email address will not be published. Required fields are marked *