नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका सम्बन्धमा गठन गरिएका समितिले वैशाख ९ गतेका दिन पार्टी एकता गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको पार्टी एकता संयोजन समितिको बैठकमा अन्तरिम विधान र संगठनात्मक सवालका बारेमा सुझाव दिन र वैचारिक राजनीतिक प्रतिवेदनमा सुझाव प्रतिवेदन पेस गर्नका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएका हुन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दुवै कार्यदलले पार्टी एकताको घोषणा पार्टी स्थापना दिवस वैशाख ९ गतेका दिन गर्दा उपयुक्त हुन्छ भनी दिएको सुझावलाई पार्टी एकता संयोजन समितिले सकारात्मक लिएको बताए ।

एमाले महासचिव एव रक्षामन्त्री ईश्वर पोख्रेलले दुवै कार्यदलले पार्टी एकता संयोजन समितिको बैठकमा आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरिसकेकाले २२ गते बस्ने पार्टी एकता संयोजन समितिको बैठकले दुवै प्रतिवेदन छलफल गरी एकताको मिति लगायत विषयमा औपचारिक घोषणा गर्ने जानकारी दिए ।

как сохранить молодость кожи после 35выдача сайта поисковым запросам