डा. केदार कार्की
सेवा निवृत्त बरिष्ठ पशुचिकित्सक

विगत ३ पात्रो वर्षदेखि वैश्वकिस्रतमा कोभिड–१९ महामारीको चर्चा छ । मानवीय सभ्यताले हालसम्म हासिल विकसित गरेको उत्तरआधुनिक चिकित्सा सेवा पछि पनि मानव सभ्यता कहिले यस महामारीबट सुरक्षित हुने हो अझै पनि ढुक्क हुने अवस्था भने छैन । सम्पनन विकशित राष्ट्रहरुले यस रोगका विरुद्ध हालसम्म विकसित खोपहरु ओगटेर थुपारेर राखेका कारण तेश्रो विश्वका अधिकांश जन ससमुदाय खोपको पहुँचबाट अझै बन्चित रहेको अवस्था छ । कोभिड–१९ ले आफ्नो ३ वर्षे पात्रो यात्रा अवधिमा भिन्न भिन्न खाले उपभेद सहित विद्यमान रहेको अवस्था अनि यस भारतीय उपमहाद्वीपमा डेल्टा उपभेदले मच्चाएको दोश्रो लहरको प्रलयकारी तान्टवबाट मुक्त हुन नपाउँदै कोरोना भाइरसको ओमिक्रोन उपभेद विश्व स्वास्थ्य सङ्गठनले विगत केही पहिला दक्षिण अफ्रिकाको बोस्तवानामा देखिएको घोषणा गरेको छ । जुन हाल विश्वका ४० भन्दा बढी मुलुकमा फैलिएको अवस्था छ । यो कति घातक हुन सक्ला अहिले नै केही भन्न सकिने अवस्था भने छैन । विस्तुत अनुसन्धानबाट थाहा हुन सक्ला ।
शुरुका संकेत अनुसार ओमिक्रोनबाट संक्रमितहरुमा देखिएका लक्षणहरु डेल्टा उपभेदको संक्रमणका बेलादेखिएको जस्तै तर न्यून घातक हो कि जस्तो छ तर पनि वैश्वीकस्तरमा जनस्वास्थ्य विज्ञहरुलाई चिन्तित गराएको एउटा कुराले मात्र हो त्यो के भने यस उपभेदको सतहमा भएको स्पाइक (काँडा) हरु धेरैखाले उत्परिवर्तनहरु छन् विशेष गरी मानव कोषहरुसँग अन्तरक्रिया गर्ने प्रोटिनको अंशमा तिनले कस्तो व्यवहार देखउलान अनि कति दु्रत गतिमा परिचण गरी फैलिएलान एवम् पहिलोको संक्रमण एवम् खोप लगाएर विकास भएको प्रतिरक्षा शक्तिलाई पनि भेद गर्दा कि भन्नेसम्म हो ।
दक्षिणी अफ्रिकामा प्रयोगशाला परीक्षणमा धेरै जनसमुदायमा यो उपभेद देखिनु तथा धेरै जनसमुदाय सार्वजनिन स्वास्थ्य सेवा प्रदायक संस्थामा भर्ना हुनुलाई विश्व स्वास्थ्य संगठनले यस उपभेदलाई चासोमा राख्नुपर्ने भनेको अवस्था छ ।

यस उपभेदलाई किन ओमिक्रोन भनियो ?
जब विश्वस्वास्थ्य सङ्गठनले कोरोना भाइरसको नयाँ उत्परिवर्तित उपभेदहरुलाई नामाकरण शुरु गरे उनीहरुले ग्रीक वर्णमालाका अनुसार अल्फा, बेटा, गामा, डेल्टा गरी सजिलोको लागि नाम राखेर पहिलो उपभेद अल्फा इ.सं. २०२० को मध्यमा व्रिटेनमा पहिचान गरियो त्यसको लगत्तै बेटा दक्षिण अफ्रिकामा पहिचान भयो । त्यसैगरी डेल्टा पनि शुरुमा यस उपभेदलाई ल्ख् न्यू वा हष् जी पनि राख्ने भन्ने थियो । पहिलोले नयाँ कोरोना हो कि भन्ने दुविधा पर्ने अनि दोस्रोले चीनको राष्ट्रपतिको नामसँग जुध्ने विवाद सृजना गर्ला कि जसरी कोभिड–१९ भाइरसलाई डोनाल्ड ट्रम्पले चाइना भाइरस भनेजसरी भन्ने त्रासले पनि नयाँ उपभेदको नामाकरण भएको देखिन्छ ।
यस उपभेदबाट संक्रमित विरामीमा पनि लक्षणहरु डेल्टा उपभेदबाट सक्रमित विरामीमा देखिएकै सरह पाइएको छ । तर कम घातक छन् यसका सक्रमितहरुमा स्वाद एवम् गन्ध हराने लक्षण त कमै भेटिएको तर मांसपेशीहरुमा हुने दुखाइ बढी रहेको दक्षिणअफ्रिकाको चिकित्सकहरुको अनुभव अनुभूति रहेको छ । यस बाहेक ज्वरो आउने, खोकी लाग्ने एवम् सकल स्वास्थ्य अवस्था शिशिल हुने गरेको छ । दक्षिण अफ्रिकाका हाल संक्रमित प्रायजसो कलेज जाने उमेरका भएकाले तीनको प्रतिरक्षा प्रणालीले राम्रो काम गरेको हुनाले पनि यस्तो भएको हो कि भन्ने विश्वास स्वास्थ्य संगठनको अहिलेसम्मको आँकलन छ ।
कोरोना भाइरस भानवीय शरीरको कोषिकाहरुमा अन्तरक्रिया गरी बृद्धि हुने गर्दछ । जसले गर्दा निरन्तर उत्परिवर्तित भई उपभदकहरु तयार हुन्छन् । प्रायजसो यस प्रक्रियाले भाइरसलाई त्यति घातक हुन प्रोत्साहित हुने मौका दिदैन तर कहिलेकाहीँ यस्तो उत्परिवर्तित भाइरसलाई बढी उत्साहित गराउन सक्न हुँदा छिटो परिचरण गर्ने फैलिने तथा शरीरको प्रतिरक्षा प्रणाली क्षमतालाई छल्ने भेद गर्न सफल हुने गर्दछ । दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताले यस उपभेदको सतहमा भउको स्पाइक प्रोटिनमा ४० भन्दा बढी उत्परिवर्तनहरु विद्यमान रहेको उल्लेख गरेका छन् । त्यतिधेरै उत्परिवर्तित अवस्था हुनुलाई ओमिक्रोनले कतै पहिलेका संक्रमण पछि प्राप्त प्रतिरक्षा शक्ति एवम् खोपबाट प्राप्त प्रतिरक्षा शक्तिलाई भेदने हो कि भन्ने चिन्ता बढेर गएको छ । पहिले लगाएको खोपले केही हदसम्म ओमिक्रोनको संक्रमणबाट सुरक्षित गर्ला एवम् संक्रमितहरु त्यति जटिल अवस्थाका विरामी नपर्लान भन्ने जनस्वाथ्यकर्मीहरुको अनुमान छ । अmभै पनि यस भारतीय उपमहाद्विपमा डेल्टा उपभेदले त्रसित बनाइरहकेो बेला अर्को नयाँ उपभेदले कतै कोभिड–१९ को तेस्रो लहर पो आउने हो कि भन्ने चिन्ता त जनस्वास्थ्यकर्मीमा छ । तर कोभिड–१९ को दोस्रो प्रलयकारी तान्डब बेहोरेको यस भूगोलका जनस्वास्थ्यकर्मी जनसमुदाय एवम् आवाशीय चिकित्सा सेवा प्रदायक समुदाय एवम् स्थानीय प्रादेशिक एवम् संघीय सरकारहरु केही सजग त भएकै होलान भन्ने मान्न सकिन्छ अतितबाट पाठ सिकेर । हालसम्मको कोभिड–१९ महामारीको लहरहरुका प्रहारले मानवीय सभ्यताले हालसम्म आर्जन गरेको रोग निदान, उपचार एवम् रोकथामका लागि उपलब्ध विधि प्रविधि, प्रायोदयोगिक शिप साधन एवम् दक्षता क्षमता त परीक्षण गरी तिनको अन्तिमसम्म त निर्धारण गरिसके कै छ । उपचरका लागि त विरामीमा प्रतिरक्षा शक्ति प्रवद्र्धन एवम् पोषिला आहारविहार एवम् सहयोगी औषधि त काम लाग्ला नै तर विगतझैं कडा खाले एन्टीवायोटिक एवम् स्टेरवाइडको प्रयोगमा संयमितता होला कि भन्ने आशा गर्न सकिन्छ ।
संक्रमण देखिएर दोस्रो लहरकै जस्तो हाहाकारको अवस्था नहोस भन्नका लागि जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना जनसमुदायबाट हुनसक्ने व्यवस्था अपरिहार्य छ भन्न सकिन्छ । विगतको तीतो अनुभवबाट हामी अलिक सचेत भएका छौं कि खोला त¥यो लौरो विर्सियोको अवस्थामा छौं । यसको परीक्षण मूल्याङ्कन त ओमिक्रोनका संक्रमण देखिइहाले पछिको व्यवस्थापकीय क्षमता परीक्षण होला ।
धनी एवम् शक्तिशाली राष्ट्रहरुले खोप अनावश्यक रुपमा थुपारेर राख्नु अनि विपन्न मुलुकहरुले खोप उपलब्ध गर्न गर्नुपरेको संघर्षका कारण ठूलो संख्यामा जनसमुदाय अझै पनि खोप विहिन हुँदा सार्स–२ कोभ–२ भाइरस त्सस्ता समुदायमा उत्परिवर्तनशील एवम् घातक रुपमा प्रस्तुत हुनसक्ने खतरा बढेर गएको छ । जसको परिणमस्वरुप कोभिड–१९ आजको सन्दर्भमा जनस्वास्थ्यकर्मीहरुको मात्र चासोको विषय रहेन । रोग फैलिदा वा फैलने शंकाको कारण गरिने निषेध एवम् प्रतिवन्धले खासगरी यात्रा पर्यटन एवम् व्यापार व्यवसाय क्षेत्रमा विकासशील मुलुकलाई मात्र हैन विकसित सम्पनन मुलुक पनि यसका दुष्परिणामबाट के पो बच्लान यदि विपन्न एवम् गरीब मुलुकका जनसमुदाय खोप विहिन अवस्थामा भएको बेला । त्यसैले अलिहेको अवसथा भनेको कोभिड–१९ को प्रहारबाट आफु पनि बाँचौं अरुलाई पनि बचाऔं हुनुपर्दछ ।
हटेको छैन कोभिड–१९ को प्रहार कहर
सावुनपानीले हात धुनुहोस् लगाउनुहोस् सेनिटाइजर ।
बार बार
राख्नुस दुइृ गज दूरी, मास्क लगाइवरी
खोप त छ झन जरुरी
तपाईको जीवन रक्षागर्ने दायित्व तपाईको आफ्नै हो, सरकारलाई त के छ र बढिमा एउटा विज्ञप्ती निकाल्नुसम्म त हो ।