चारवटा एकीकृत बस्ती बनाएर हस्तान्तरण गरिसकेका चर्चिच हाँस्य कलाकार दम्पत्ति धुर्मुस सुन्तलीले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा गरेसंगै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जग्गा दिने घोषणा गर्नुभएको छ ।

महानगरले सोमबार पत्रकार सम्मेलन गरेर भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा उपलब्ध गराउनुका साथै आर्थिक र भौतिक सहयोग गर्न तयार रहेको बताएको छ ।

मेयर रेणु दाहालले चितवन देशकै मध्यभाग भएको र चितवन पायक पर्ने ठाँउ रहेको भन्दैं धुर्मस सुन्तली फाण्डेशनलाई स्टेडियम निर्माणका लागि जग्गा दिने घोषणा गर्नुभएको हो ।

मेयर दाहालले भन्नुभयो, ‘उहाँहरुलाई चितवनमा आहृवान गर्छु, हामीसँग प्रयाप्त समथर जग्गा छ, महानगरले सवै खाले सहयोग गर्छ ।’

भरतपुर महानगरपालिका वडा नः २० मा रहेको चित्रवन रंगशाला निर्माण गर्ने स्थल धुर्मस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराउने मेयर दाहालले जानकारी दिंदै महानगरका तर्फबाट सोमबार नै धुर्मस सुन्तली फाण्डेशनलाई पत्र लेख्ने र दिउँसो बस्ने बोर्ड बैठकले अनुमोदन गर्ने तयारी महानगरले गरेको छ ।купить женские сабояндекс картинки поиск по фото