सुनसरी। सुनसरीको कोसी गाउँपालिका ६ स्थित श्रीपुरमा आगलागी भएको छ। आइतबार मध्यान्ह साढे १२ बजे देखि लागेको आगो दिउँसो २ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

आगलागीमा १५ परिवारका २० भन्दा बढी घर जलेर नष्ट भएका छन्। भारतीय र सुनसरीको इनरुवा र इटहरीको दमकलको सहयोगमा स्थानीयले डेढ घण्टामा आगो नियन्त्रणमा लिएका हुन्। आगलागीले ३५ लाख बढी क्षतिको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए।
गहुँ थ्रेसर गर्ने क्रममा आगलागी सुरु भएको बताइएको छ। आगलागीमा थ्रेसर बोक्ने ट्याक्टर चालक मनोज साह घाइते भएका छन्।आगलागीबाट मानवीय क्षति नभए पनि अन्नपात लत्ताकपडा सवै जलेका कारण पीडितको विचल्ली भएको छ।

 

китайский новый год 2016 времяrecon ranger