जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका २, छहरे खोलास्थित एक घट्टमा गहुँ पिस्न गएकी १३ कि बालिका बलात्कृत भएकी छन् । पछिल्लो समय नेपालमा मात्र होईन बिश्वमा यस्ता घटना दिनदिनै घटिरहेका छन ।

समाचार अनुसार मध्यराति १२ बजे घट्टभित्र एक्लै रहेकी बालिकाको मुखमा टोपीको बुझो लगाएर स्थानीय २७ वर्षीय इन्द्रबहादुर गिरील बलात्कार गरेको आरोप लागेको छ ।प्रहरी निरीक्षक रमेश अवस्थीले दिएको जानकारी अनुसार गिरीले जबर्जस्ती करणी गरेको उजुरी परेपछि आरोपी गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ ।बलात्कृत बालिकालाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्याइएको र आरोपी विरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता भएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहको जनाइएको छ ।

доминикана туры январькупить сапоги днепропетровск