सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४६२३ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए । काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका थिए । मतपरिणामअनुसार देउवाले २७३३ मत पाउँदा कोइरालाले १८५५ मत प्राप्त गरे । यस्तै ३५ मत बदर भयो । निर्वाचन समितिका अनुसार दोस्रो चुनावमा कूल ४६२३ मत खसेकामा कोइरालाले १८५५ मत ल्याएका छन्। पहिलो निर्वाचनमा उनले १७०२ म पाएका थिए। दोस्रो चरणमा कोइरालाले अघिल्लो चुनावमा भन्दा १५३ मत बढी पाएका हुन्।