अख्तियारमा छानबिन प्रयोगशाला  

काठमाडौं, १८ चैत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणका आयोजनामा हुने भ्रष्टाचार छानबिनलाई वैज्ञानिक र प्रभावकारी बनाउन सिभिल इन्जिनियरिङ प्रयोगशाला स्थापना गरेको छ ।

सार्वजनिक निर्माण, सडक र भवनलगायतको परीक्षणका लागि स्थापना गरिएकाले कुनै पनि आयोजनामा अनियमितता गर्ने व्यक्तिले अब उन्मुक्ति पाउन नसक्ने अख्तियारले जनाएको छ ।

अख्तियारले प्रयोगशालामा अनियमितताको आवाज उठेका र आशंकामा परेका सबैजसो विकास निर्माणका आयोजना परीक्षण गरी निर्माण सामग्री गुणस्तरीय भए/नभएको, मापदण्डअनुसार काम भए/नभएको छानबिन गर्नेछ । आजको कान्तिपुरमा खबर छ ।

melannett instagramdown hunting vest

Leave a Reply

Your email address will not be published. Required fields are marked *