पढाइ छाडेर मजदुरी: १० कक्षासम्म कोही पुग्दैनन्

प्युठान,१८ चैत– प्युठान नगरपालिका–३, विजयनगर डाँडागाउँ कुमालबस्तीका मिठुलाल कुमाल दुई छोरालाई माथिल्लो कक्षासम्म पढाउन चाहन्थे। गाउँमा अगुवाका रूपमा चिनिएका उनले दुई वर्ष अन्तरका जीवन र प्रकाशलाई दाखाक्वाडीको पब्लिक आवासीय बोर्डिङ स्कुलमा भर्ना गराए। तर, छोराहरूले उनको सपना साकार पार्न सकेनन्।

दुवैले पढ्दापढ्दै विद्यालय छाडे र मजदुरी गर्न थाले। जीवन २१ र प्रकाश १९ वर्षका भइसके। दाजुभाइ नै ‘ड्राइभर’ भइसकेका छन्। उनीहरूले पहिला ट्र्याक्टरमा सहयोगीका रूपमा काम गरे। अहिले जीवन प्युठान–काठमाडौं हायस र प्रकाश बिजुवारमा भ्यान चलाउँछन्। ‘छोराहरूलाई राम्रोसँग पढाउने धोको थियो’, मिठुलालले भने, ‘तर चाहना पूरा हुन दिएनन्। दुःख लागेको छ।’

उनी मात्र होइन, गाउँभरिका बालबालिका नै यातायात मजदुरीमा लागेका छन्। गाउँमा १० कक्षासम्म पढेका विद्यार्थी भेट्टाउनै मुस्किल पर्छ। केही वर्षअघि दुई/चार युवाले १० कक्षासम्म पढे पनि हिजोआज बालबालिका बीचमै पढाइ छाडेर यातायात मजदुरीमा लाग्ने गरेका छन्। ट्र्याक्टर, जिप र ट्रकमा मजदुरी गर्नेहरूको गाउँभरि बाक्लो संख्या छ। प्रायः घरमा यातायात मजदुरीमा नलागेका बालबालिका भेट्टाउनै मुस्किल हुने गरेको छ। वडा ३ को बाँझबारीदेखि बतासेडाँडासम्म झन्डै एक सय ५० घरधुरी कुमाल बस्तीकै छ। गाउँका करिब ४५ बढी बालबालिका तथा युवा यातायात मजदुरीमा लागेको स्थानीयको भनाइ छ। आजको अन्नपुर्णमा खबर छ ।

apps for tracking spendingtrip to russia

Leave a Reply

Your email address will not be published. Required fields are marked *