डाक्टरको लाइसेन्स परीक्षामा मोबाइल जामर

काठमाडौं, १८ चैत – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा सम्भावित अनियमितता रोक्न मोबाइल जामर प्रयोग गरेको छ । परीक्षा मर्यादित तुल्याउन भन्दै काउन्सिलले पहिलोपटक परीक्षा केन्द्रमा मोबाइल नचल्ने प्रविधि अपनाएको हो ।

शनिबार लिइएको उक्त परीक्षा केन्द्रमा परीक्षार्थीलाई कलम र घडी लैजानसमेत निषेध गरिएको थियो । उनीहरूलाई काउन्सिलले नै कलम उपलब्ध गराएको छ । परीक्षामा एमबीबीएस गरेका १ हजार ६ सय ३८ र बीडीएस गरेका ३ सय ५ जना गरी १ हजार ९ सय ४३ जना सहभागी छन् ।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, कलेज अफ मेडिसिन, भण्डारखालमा शनिबार लिइएको परीक्षामा तीनवटा मोबाइल जामर प्रयोग गरिएको थियो । आजको कान्तिपुरमा खबर छ ।

Фокин прокуратураnoindex html

Leave a Reply

Your email address will not be published. Required fields are marked *