राष्ट्रपति ट्रम्पको ट्वीट्सले विश्व कै सर्वाधिक धनी एमाजोनका जेफ बेजोस लाई $ १०.७ अर्ब डलर घाटअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल ट्वीटर मार्फत ट्वीटस्को कारण विश्व कै सर्वाधिक धनि एमाजोनका प्रमुख जेफ बेजोस लाई १०.७ अर्ब डलर घाटा लागेको छ । सदा झैँ राष्ट्रपति ट्रम्पले एमाजोनलाई लक्षित गर्दै लेखेको उक्त शब्दहरुले ठुलो सुनामी ल्याई दिएको छ ।

विश्व मै अन्य प्रतिस्प्रद्धामा रहेका हजारौ लाखौ खुद्रा बिक्रेतालाई व्यापार बन्द समेत गराउने स्थितिमा पुर्याउने एमाजोनका प्रमुख ले उनको कूल सम्पति भारी नोक्सान बेहर्नु परेको छ । गत मार्च २९ तारिख राष्ट्रपति ट्रम्पले “मैले चुनाव अघि नै एमाजोन बारे मेरो धारणा राखेको लेखेका छन् । साथै एमाजोनलाई इंगित गरे उनीहरु स्थानीय तथा राज्य कर कम तिर्ने या नतिर्ने भनि लेखेका थिए । यसको साथै उनले हुलाक पद्दतिलाई समान पुर्याउने केटा जस्तै प्रयोग गर्ने र आश्चर्यजनक रुपमा हजारौ खुद्रा बिक्रेताहरु व्यापारबाट बाहिरिएका बारेमा लेखेका थिए ।

गत बुधबार बिहान देखि एमाजोन को अंश (शेयर)करिव ९ प्रतिसत झर्न गै करिव $ १०.७ अर्ब डलर खुद घाटा बेजोसले बेहर्नु परेको छ । केही समय अगाडी उनि ब्रम्हाण्ड कै सर्वाधिक धनि व्यक्ति भएका थिए । बेजोस एमाजोनमा कुल १०७.७ अर्ब डलर दाउ रहेको छ। एमाजोनको घाटा भएको खुद सम्पत्ति राष्ट्रपति ट्रम्पको कूल सम्पत्ति भन्दा पनि ज्यादा हुन्छ । एक अनुमान अनुसार राष्ट्रपतिको कूल अनुमानित सम्पत्ति $ ३.१ अर्ब डलर रहेको छ भनि याहू न्युजले लेखेको छ ।

यो भन्दा अगाडी पनि राष्ट्रपति ट्रम्पले कर तिर्ने खुद्रा बिक्रेतालाई एमाजोनले ठुलो धक्का लगाएको लेखेका थिए । यसको साथै वाशिंगटन पोस्टमा स्वामित्व भएकोमा समेत आक्रमण गरेका थिए । वास्तवमा अन्य भौतिक रुपमा स्थापित खुद्रा बिक्रेता संग प्रतिस्प्रद्धा गर्दै एमाजोनले बिक्रीकर झन्डै ४५ वटा राज्य डिसी सहित बाट संकलन गर्छ ।

साउथ डकोटा मा भौतिक रुपमा एमाजोन उपस्थिति छैन ।russian vacationsлобановский александр биография