काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् ।

एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा थापा कुन्ती शाहीसँग पराजित भएकी हुन् ।

उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो ।