डा.केदार कार्की
बरिष्ठ पशु चिकित्सक सेवा निवृत प्रमुख भेटेरीनरी
जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वर
बाख्रालाई गरीवको गाइ भनिन्छ । यो प्रजाती गरीव सिमान्तकृत मजदुर भुमीहिन महिलाको लागी छोटो समय र थोरै पुजी अनी ठाउमा पाली आयआर्जनको भरपर्दो श्रोत मानिन्छ । हाम्रा केही धार्मिक सामाजिक परंपराका कारण केहि समुदाय रांगा कुखुरा तथा बगुरको मासु सेवन निषेधित छ तर खसस् बोका भेडा को मासु पनि सबै समुदायमा सर्वस्वीकार्य मानिएछ । बाख्रा भेडा पालन बाट मासु दुध उनफरको रुपमा उत्पादन गरी जिबाको पार्जनका लागी आय आर्जन गर्न सकिन्छ । यनि हुदा हुदै पनि यी प्रजातिमा देखा पर्ने बिभिन्न खाले रोग यिनको संपर्कबाट यीनको उत्पादन उपभोगबाट जनसमुदाय पनि प्रभावीत हुने गर्दछन । भेडा बाख्राका धेरै प्राण्ीरुजा जुनोटिक रोग छन जुन संक्रामक रोगका् क्षेणीमा पर्दछन जुन पशुहरु र जनसमुदायमा फैलन्दन । यि रोग मानिसमा दुषित दाना पानि सांस लिदा सन्धीपद बैकटर बाहक जस्तै झिंगा किर्ना, लामखुट्टे जस्ता किरा फट्याङग्राको संपर्कले या संक्रमीत जनावर सँगको प्रत्यक्ष संपर्कको माध्यमले फैलीन्छ ।
रेवीज –
यो रोग भेडा बाख्रामा बहुला कुकुरले टोकनाले हुन्छ ।यो रोग विषाणु दूारा हुन्छ तथा पागल पशु या पागल कुकुरले टोकदा – पालको माध्यमबाट भेडा बाख्रामा सर्छ । रोगको लक्षण देखिइ सके पछि यसको उपचार संभव छैन । यसैले भेडा बाख्रा पालकलाई सुझाव दिइन्छ कि जहिले पनि भेडा बाख्रालाई बहुला कुकुरले टोकेमा नजीकको पशुचिकित्सालय मा सुचना दिने प्रारम्भमा मानव लक्षण देखिन्छ । तपाइलाई कुनै जनावरले टोकेमा तुरुन्तै नजीकको चिकित्सक सँग संपर्क गर्न ।
ब्रुसीलेसीस –
यो एउटा जीवाणुजन्य रोग हो जुन भेडा बाख्रा सहित सबै पशूप्रजातीहरुका साथै मानिसलाई पनि प्रभावीत गर्दछ । यो रोगभेडा बाख्रामा ब्रुसेल्ला मेलिटेन्सीस को कारणले हुन्छ र धेरै जसो बयस्क पशुहरुमा देखा पर्छ । यस रोगबटा प्रभावीत मादा पशुमा गर्भावस्थाको अन्तीम त्रैमासीकमा गर्भपतनको समस्या उत्पन्न हुन सक्तछ । पशुपालन एवं पशुचिकित्सा सँग जोहिएका व्यक्ती नव जात पाठपाठीलाई सालनाल हटाउने बेला संक्रमीत हुन पुग्दछन ।रोगी मानिसमा कमजोरी तथा आलस्यापन आउन थाल्छ ज्वरोमा उतार – चढाव टाउको मासपेशरु तथा जोर्नी दुख्ने गदर्छ।
संक्रामक पूयस्फोटिक –
मानिसमा संक्रामक प्युस्फोटीका आँफ विषाणुको कारण हुन्छ । मानिस प्रायजसो अनुहार र संक्रमीत पशुहरुको थुतुनो छ । छालाको घाउ खटिरा सँग संपर्कमा आउदा संक्रमीत हुने गर्दछन । यदि बेलैमा ध्यान नदिए यि घाउ खटिरामा पिप जम्ने र औसा पनि पर्न सक्तछ । प्रभावीत पशुलाई बेग्लै राख्ने गोठ खोरलाई राम्रो सीत सफा गर्ने ।
दाद – ट्राइको फाइटान प्रजातीहरुबाट प्रभावीत भेडा बाख्राको संपर्कमा आउदा पनि यो रोग मानिसमा फैलिन्छ । यो पशुको रौउन या छाला हुन सक्तछ । दाद भेडा बाख्राको तुलनामा भेडाका पाठापाठीमा बढी देखिन्छ । चिलाउने सबै भान्दा सामान्य लक्षण मानिन्छ टाउको बरीपरी स्पष्ट तथा बृताकार चकलाहरु रौ विहिन देखिन्छ ।
कैम्पाइलो बेकटीरीयोसीस –
यो मानिसको आत्रशोधको प्रमुख कारण मानिन्छ । यो अकसर मानिसमा फोहर पानि अद्यकल्चो मासु क्रिम दुध या डेयरी उत्पादन उपयोगका कारण संक्रमण हुन्छ । यसबटा संक्रमीत जन समुदायमा झाडा पखाला ज्वरो आउने, बान्ता हुने पेट दुख्ने बाकबाकी लाग्ने टाउको, मांसपेशी दुख्ने लक्षण देखिन्छ ।

कयु ज्वरो –
यो एउटा जीवाणु जन्य रोग हो जुन कोकिसयला वनैटी दूारा फैलीन्छ । यो स्वास वा अतीरीक्त मार्गबटा मानिसलाई संक्रमीत गराउन सक्तछ । यसमा ज्वरो आउने चिसो लाग्ने राती पसीना आउने टाउको दुख्ने थकाइ लाग्ने, छाती दुख्ने जस्ता लक्षण देखिन्छ । यो जीवाणु रोगी पशुको सबै क्षावहरुमा या नवजात पशुको सालनाल तथा खोर गोठको माटो मा पाइन्छ । रोगवाहक पशु सवलनाल तथा क्षावहरु आदिलाई उचीत निस्तारण गरीनु पर्दछ । यस जीवाणुले गर्दा गर्भवती महिला मा गर्भपतन या समय भन्दा पहिले प्रसव हुन सक्तछ । यसैलै गर्भवती महिलाहरु यि पशुबाट टाढा बस्नु पर्दछ ।
कैलामिडियोसीस–
यो भेडा बाख्रामा कैलामिडिया अवोर्टस जीवाणुका कारण हुन्छ । केही पशुहरुमा यो जन्मको समयमा छाला सँग संपर्कमा आउनाले गर्भपात हुन सक्तछ । मानिसमा ज्वरो आउने टाउको दुख्ने, जीउ दुख्ने, आँखा रातो हुने र निमोनिया जस्तो लक्षण देखिन्छ । गर्भबती महिलाहरु यिनको संपर्कबाट बच्नु पर्दछ ।
करयपटो स्पोरिडि ओसिस–
बिरामी पशु सँग देषित भोजन बडकुला या फोहर हायले सिधा संर्पकवाट मानिसमा यसको संक्रमण हुन्छ । मानिसमा यसको संक्रमण हुदा पेट दुख्ने, पातलो दिसा हुने बाकबाक लाग्ने, भोक कम लाग्ने जस्ता लक्षण देखिन्छ । पशुमा भने शारीरक बृदिद्य तथा शारीरक तौल कम भएर जान्छ । पशुको खोर गोठमा काम गर्ने कामदारले रोग फैलाउन मददत गर्दछन । यो परजीवीले फिल्टर पनि पार गर्छ । चिसो तातोले कुनै असर गदैर्न । यसको उपचारका लागी शरीरमा रोग प्रति रोधक क्षमता बढाउनु पर्दछ ।
चकरी फनफने रोग–
यो रोग गौवंशी पशु तथा भेडा बाख्रामा पाइन्छ । यस रोगको उत्तपती लिस्टीरीया मोनोसुाइटोजेन नामक जीवाणुको संक्रमण का कारण हुन्छ । यो गर्मी र आद्र जलवायुमा बढि फैलीन्छ । यस रोगको प्रसारण संक्रमीत भोजन जल एवं विर्य दूारा हुन्छ यो मानिसमा पनि पशु जन्य रोगहो र संक्रमीत दुध पिउनाले हुन्छ । मानिसमा हलुका वा कडा ज्वरो आउने, भोक कम लाग्ने, धेरै ¥याल वग्ने मासपेशीहरु शियिल हुने जस्ता लक्षण देखिन्छ । मानसीक रुपमा प्रभावीत पशुहरु चक्कर तथा भौचककापन देखिन्छ जुन भेडा बाख्रामा बढी जसो देखिन्छ प्रभावीत पशुले आफ्नो टाउको कुनै कडा वस्तु या पर्खालमा बजार छ । यसैले प्रभावीत पशुलाई बथानबाट बेग्लै राख्नु पर्छ ।
प्राणीरुजा जुनोटिक रोगवाट बच्ने उपाय –
पशुहरुमा हुने संक्रामक रोगका पशुपालकले ठुलो नोक्सानी व्उघेर्न पर्ने हुन्छ । यि संक्रामक रोगहरु मानिसको लागी पनि हानीकारक हुन सक्तछ । यसैलै समयमाजै नियमीत टिकाकारण गरी संक्रामक रोगबटा बच्न सकिन्छ तथा रोगी पशुलाई स्वस्थ्य पशुभन्दा बेग्लै राख्नु पर्छ । रोगी पशुले प्रयोग गर्ने उपकारण र मानिस बाट स्वस्थ्य पशुलाई वेग्लै राख्नु पर्छ । मादा पशुमा गर्भपात भएमा तिनकोे भलभुत्र एवं क्षाव बाट बच्नु पर्छ । नवजात पशु यि संक्रामक रोगहरुको जीवाणुबाट बढी प्रभावीत हुन्छन यसैले यिनलाई निगरानीमा राख्नु पर्छ । गर्भवती महिलाहरु यि पशुहरुको संपर्कमा आउने हुदैन । पशुपालकहरुले खोर गोठलाई राम्रो सँग सरसफाइ गरेर राख्नु पर्छ र पशुचिकित्यक बाट समय समयमा सल्लाह लीने गर्नु पर्छ । अन्तमा पशु पशु उत्पादनहरु सगँ काम गर्दा व्यक्तीगत सरसफाइ तथा व्यक्तीगत सुरक्षा उपकारण अनिवार्य प्रयोग गर्न पर्दछ ।